Flash Story
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ

जेन–जी आन्दोलनले उठाएको आवाजप्रति जन प्रजातान्त्रिक पार्टीको ऐक्यबद्धता

Spread the love

काठमाडौं – देशमा बढ्दो राजनीतिक किचलो, नेतृत्व अभाव, सामाजिक र धार्मिक विभाजन, आर्थिक असमानता तथा भौगोलिक तवरले देखिएका मतभेदहरूले मुलुक गम्भीर संकटतर्फ उन्मुख भइरहेका बेला, जन प्रजातान्त्रिक पार्टी नेपालले हालै सम्पन्न जन–जेड आन्दोलनप्रति गहिरो ऐक्यबद्धता जनाउँदै उक्त आन्दोलनलाई यथार्थ परिवर्तको आन्दोलनको रूपमा व्याख्या गरेको छ।

पार्टीका केन्द्रिय महासचिव तथा प्रवक्ता राजेन्द्र नेगी द्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “गएको भाद्र २३ र २४ गते देशभरि फैलिएको जन–जेड आन्दोलन कुनै सामान्य घटनाक्रम होइन। यो आन्दोलन हाम्रो पुस्ताले भोगिरहेको अन्याय, अत्याचार, भ्रष्ट्राचार र बेथितिविरुद्धको सामूहिक विद्रोह हो। जेन–जेड पुस्ताले देखाएको साहस र बलिदान ऐतिहासिक छ, जसले मुलुकको सामाजिक चेतनामा नयाँ उर्जा भरेको छ।”

उनले थप भने, “अझै पनि आन्दोलनमा घाइते भएका युवाहरुको घाउ निको भएको छैन, कतिपय परिवारले आक्रोश र पीडा सँगै शान्ति र सुशासनको आशामा आँखा लगाएका छन्। यस्तो अवस्थामा, पार्टी सम्पूर्ण नेपाली जनसमुदाय, बुद्धिजीवी, आमाबुवा, दाजुभाइ र दिदीबहिनीहरूमाझ आग्रह गर्दछ कि हामी यो बलिदानलाई आत्मसाथ गरी मुलुकमा देखिएको काहाली लाग्दो स्थितिको अन्त्य गर्न एकजुट बनौं।”

जन प्रजातान्त्रिक पार्टी नेपालले देशमा अमनचयन, सद्भाव, सहिष्णुता, नैतिकता र सुशासन स्थापना गर्नको लागि आफू सदैव प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ। पार्टीका अनुसार, ‘देशलाई कानुनी राष्ट्र बनाउने र विद्यमान समस्याहरुको समाधान गर्ने दिशामा जन–जेड पुस्ताको साथ लिएर अघि बढ्नु आजको प्रमुख आवश्यकता हो।’

प्रवक्ता नेगीले अन्त्यमा भने, “जेन–जेड पुस्ताले बोकेको सपना तब मात्र सार्थक हुन्छ जब हामी सबैले हातमा हात, साथमा साथ मिलाएर निरन्तर संघर्ष गर्छौं। हामी उक्त सपना पुरा नभएसम्म तपाईहरुकै साथमा दृढतापूर्वक उभिनेछौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top