Flash Story

वित्तीय माफियाविरुद्ध सचेत रहन समितिको आग्रह, नयाँ आन्दोलन चाँडै घोषणा हुने

Spread the love

काठमाडौँ — लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समिति नेपालका केन्द्रीय संयोजक मनिराम ज्ञवालीले कालो सूची (ब्ल्याकलिस्ट)मा राख्ने  लघुवित्त, सहकारी, बैंक तथा वित्तीय संस्थाहरूलाई  चेतावनी दिएका छन्। उनले वित्तीय क्षेत्रका माफियाहरूले आन्दोलन कमजोर पार्न ‘वित्तीय साक्षरता अभियान’ नामक एनजीओको सहायतामा भ्रामक गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएका छन्।

ज्ञवालीले भने, “सरकारले पनि वित्तीय पीडितहरूको पक्षमा ठोस कदम नचालेको महसुस भएको छ। अब आन्दोलनको नयाँ चरण केही दिनमै घोषणा हुने तयारीमा छौं।”

समितिले सबै अभियान्ता र आम नागरिकहरूलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ। साथै, उनले वित्तीय दलालहरूलाई चेतावनी दिँदै भने,
“भाद्र ११ गतेको दर खाएको बिर्सियौ कि सम्झियौ? त्यो त सिकाइ मात्र थियो, रियल फिल्म देखाउन बाध्य पार्यौं भने पत्तासाफ हुनेछ।”

ज्ञवालीले अन्त्यमा भने, “जय संघर्ष!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top