Flash Story
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
यूएईको अबुधाबीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पशुपतिमा अन्तिम संस्कार
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित नगरिए संघर्ष गर्छौः नेकपा(जनपक्ष)

Spread the love


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष)ले सुशीला कार्की नेतृत्वको सरकार ‘ओली पथ’मै गएर जेनजी बिद्रोहमाथि दमन गर्नेहरुको संरक्षण गरेको आरोप लगाएको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित नगरिए संघर्षमा जाने चेतावनीसमेत दिएको छ ।

पार्टीका प्रवक्ता दिनेश बर्तौलाले नेकपा(क्रान्तिकारी केन्द्र), नेपाला कम्युनिस्ट पार्टी(बोल्सेविक) र रेडफोर्स नेपाल पार्टीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) बनेको जनकारी गराएका छन् । प्रवक्ता बर्तौलाले जेनजी बिद्रोहको बलबाट बनेको कार्की सरकार पनि ओली सरकार जस्तैः जनविरोधी भएको आरोप लगाए । बर्तौलाले जनताले विरोध जनाएका मुद्धाहरुलाई वर्तमान सरकारले निरन्तरता दिन लागेपछि आक्रोश जनाउँदै भने,“राष्ट्रघाति इम्बोस्ट नम्बर प्लेट र राष्ट्रिय परिचय पत्र खारेज नगरिए प्रतिवाद गर्न बाध्य हुनेछौं ।” वर्तमान सरकार समक्ष जनजिविकासँग सम्बन्धित विभिन्न १६ बुँदे माग पत्र पेस गर्दै सो माग पुरा नभए आफ्नो पार्टी फागुन २१ को निर्वाचनमा भाग नलिने पनि प्रवक्ता बर्तौलाले जनाए ।

त्यसैगरी पार्टीकी केन्द्रीय सदस्य इन्दिरा अधिकारीले विदेशमा रहेका श्रमीक, विद्यार्थीलगायत सम्पूर्ण नेपाली नागरिकलाई फागुन २१ गते हुने निर्वाचनमै मताधिकारको सुनिश्चित गरिनु पर्ने माग राखिन् । अधिकारीले देशको राजनीतिक अस्थिरतालाई अन्त्य गर्नका लागि जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी व्यवस्था हुनुपर्ने आफ्नो पार्टीको माग रहेको जनाइन् ।

जनपक्षीय विद्यार्थी यूनियनका अध्यक्ष सुनिता बुढाथोकीले देशको शिक्षा अत्याधिक निजिकरण तथा व्यापारिकरण भएको बताउँदै त्यसलाई रोक्न आफ्नो संगठनको जोडदार माग रहेको बताइन् । बुढाथोकीले निजी शैक्षीक संस्थाहरुले अभिभावकहरुको ढाड सेक्ने गरी शुल्क अशुली गरेको बताउँदै भनिन्,“अहिले आम जनताले थेग्न नसक्ने गरी उठाइने शुल्कमा ५० प्रतिशत नघटाए आन्दोलनको तुफान ल्याउन कसैले रोक्न सक्ने छैन ।”

जनपक्षीय टे«ड यूनियन महासंघ नेपालका अध्यक्ष कुमार घतानेले नेपाली श्रमबजार मजदुरप्रति निर्मम भएको र शासकहरु पनि उनिहरुप्रति अनुदार भएको आरोप लगाए । घतानेले मजदुरहरुले धान्न सक्ने न्युनतम ४० हजार पारिश्रमीक हुनुपर्र्ने माग गरे । उनले उद्योग–धन्दा तथा कलकारखानमा मजदुर भर्ति गर्दा बिचौलिया र ठेकेदारी पर्थालाई खारेजी गरिनुपर्ने माग गरे ।

पार्टीका केन्द्रीय सदस्य मार्शलले देशभक्त तथा राष्ट्रिवादी शक्तिहरु विभाजित भएर भन्दा एकजुट भई राष्ट्रिय मुक्ति यात्रमा लामबद्ध हुन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top