Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

संसद पुनस्थापना सम्भव छैन, त्यसविरुद्ध कडा आन्दोलन हुन्छः जेनजी

Spread the love

काठमाडौं – एमाले–काँग्रेसले संसद पुनस्र्थापना गरे उनिहरुविरुद्ध पुनः सडकमा जाने मिराज ढुंगानाको संयुक्त जेनजी आन्दोलनले चेतावनी दिएको छ । शक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले संसद पुनस्र्थापना सम्भव नरहेको बताएका छन् ।

आन्दोलनका प्रवक्ता विर्जन विश्वकर्माले विघठित प्रतिनिधि सभालाई पुनस्र्थापनाको मुद्धाले आफूहरुलाई झस्काएको बताएका छन् । विश्वकर्माले जेनजीको बलिदानको बलबाट भएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा पुरानाहरु सल्बलाउनु आन्दोलनमाथिको धोकाको संकेत भएको जनाएका छन् ।

पहिला देशका सचिवालय सदस्य तथा जेनजी सुनिल सिंहले पुनस्र्थापनाको विषय प्रतिगामी सोच र कदम हुने बताउँदै त्यसलाई कुनै पनि हालतमा रोक्नु पर्ने धारणा राखे । “विघठित संसद पुनस्थापना गर्नु भनेको चिहानमा पुगेको कंकाललाई जिवित गर्नु सरह हो, त्यसैले यसविरुद्ध हामी कडा आन्दोलनका लागि तयार बन्नुपर्छ” सिंहले थपे ।

जेनजी नर्गिस थापाले आफूहरुले जेनजीका माग पुरा गराउन निरन्तर सडकमा रहेको जानकारी दिईन् । जेनजी अमृत कुमार बोहोरालगायतले नयाँ र पुरानाहरु मिलेर जेनजी आन्दोलनको भावनालाई मार्न लागेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top