Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

जीवित देवी कुमारीको सांस्कृतिक परम्परामाथि आधारित नाटक ‘अग्निचक्षु’ सर्वनाममा मञ्चन हुँदै

Spread the love

काठमाडौँ – विश्वकै एक मात्र जीवित देवी कुमारीको सांस्कृतिक परम्परामा आधारित नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि २५ गतेसम्म काठमाडौँको कालिकास्थित सर्वनाम थिएटरमा नियमित रूपमा मञ्चन हुने भएको छ।


साइलेन्ट एक्टको प्रस्तुति तथा नागरिक कल्याण समाज नेपालको आयोजनामा प्रस्तुत हुन लागेको यो नाटकले नेपाली समाजको सांस्कृतिक पृष्ठभूमिमा आधारित भएर नारी सशक्तीकरण, चेतना र सामाजिक रूपान्तरणको सशक्त सन्देश प्रवाह गर्नेछ। नाटकमा धार्मिक, ऐतिहासिक र जीवनदर्शनका पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
नाटकका लेखक तथा निर्देशक चन्द्र प्रसाद पाण्डेयका अनुसार जीवित देवी कुमारीसँग जोडिएका परम्परा, इतिहास र सामाजिक यथार्थलाई उजागर गर्ने उद्देश्यले ‘अग्निचक्षु’ तयार गरिएको हो। नाटकको पाण्डुलिपि निर्माणका क्रममा शताब्दी पुरुष सत्यमोहन जोशीबाट आशीर्वाद प्राप्त हुनु आफूहरूका लागि गौरवको विषय भएको उनले बताए।
यसअघि ‘जिउँदो आकाश’ नाटक अन्तर्राष्ट्रिय ओलम्पिक थिएटर फेस्टिभल हुँदै नेपालका विभिन्न १२ स्थानमा १०० भन्दा बढी पटक मञ्चन भइसकेको थियो। त्यसैको सफलताबाट प्रेरित भएर ‘अग्निचक्षु’ लेखन सुरु गरिएको हो। यो नाटक पहिलो पटक २०८१ सालमा शिल्पी थिएटरमा मञ्चन गरिएको थियो।
त्यसपछि २०८२ मङ्सिरमा बुढानीलकण्ठ स्कुलमा विद्यार्थीहरूद्वारा पनि मञ्चन गरिएको थियो। नेपाली र नेपाल भाषामा मञ्चन गर्ने लक्ष्यअनुसार हरिगोपाल श्रेष्ठले नेपाल भाषामा अनुवाद गरेका छन्। हाल नाटक नेपाली भाषामै मञ्चन हुनेछ।
नाटकको नाट्य प्रस्तुति संयोजन वरिष्ठ रंगकर्मी कृष्णभक्त महर्जनले सम्हालेका छन्। उनको अनुभव र कलाकारहरूको ऊर्जाले नाटकलाई थप प्रभावशाली बनाएको आयोजक पक्षले जनाएको छ।
कलाकार तथा प्राविधिक टिम
नाटकमा कृष्णभक्त महर्जन, मञ्जु श्रेष्ठ, हेना नगरकोटी, सुशील राजोपाध्याय, सलोना बज्राचार्य, श्रीशेष श्रेष्ठ, कुन्दन शाक्य, धिरज थापा मगर, राजेन्द्र डंगोल तथा बाल कलाकार दिव्यता चौधरीको अभिनय रहेको छ।
सङ्गीत संयोजन विमल लामिछानेले गरेका हुन्। गायनमा विमल लामिछाने र अनु अधिकारीको सहभागिता रहेको छ भने वाद्यवादनतर्फ इन्द्रमान महर्जन, मिन घलान र गणेश रानाले योगदान दिएका छन्।
मञ्च सज्जा कृष्णभक्त महर्जन, प्रकाश परिकल्पना तथा परिचालन निर्मल साउद, कोरियोग्राफी जेडी तमु र कृष्णभक्त महर्जनले गरेका छन्। वेशभूषा ‘अग्निचक्षु’ समूहले तयार पारेको हो। प्रस्तुति परिकल्पना झकेन बी.सी.ले तथा सहजीकरण हरिगोपाल श्रेष्ठले सम्हालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top