
गुल्मी – गुल्मी क्षेत्र नम्बर १ मा आम जनता पार्टी का समानुपातिक उम्मेदवार मनिराम ज्ञवालीले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। चुनाव नजिकिँदै जाँदा ज्ञवालीले टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्।

घरदैलो अभियानका क्रममा उनले लघुवित्त तथा सहकारीको नाममा भइरहेको आर्थिक शोषण, बेरोजगारी समस्या, कृषि तथा युवाको पलायनजस्ता विषयलाई प्राथमिकतामा राख्दै आवाज उठाइरहेको बताएका छन्। “समानुपातिक प्रतिनिधित्वमार्फत उत्पीडित र आर्थिक रूपमा पीडित वर्गको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता छ,” उनले बताएका छन्।

स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनले जनताको समस्या बुझ्ने र त्यसको समाधानका लागि नीति निर्माण तहसम्म संघर्ष गर्ने अठोट व्यक्त गरेका छन्। अभियानमा स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उत्साहजनक सहभागिता देखिएको छ।
गुल्मी–१ मा ज्ञवालीको सक्रिय घरदैलो कार्यक्रमले चुनावी माहोल थप तताएको छ।

