Flash Story
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ

गाईको महत्वबारे सचेतना फैलाउँदै दुई दिने ‘गौविज्ञान कथा’ कार्यक्रम काठमाडौंमा सम्पन्न

Spread the love

काठमाडौं – नेपालमै पहिलो पटक आयोजना गरिएको ‘गौविज्ञान कथा’ कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न भएको छ। गौसंरक्षण अभियानद्वारा आयोजित उक्त कार्यक्रममा गाई र यससँग सम्बन्धित आध्यात्मिक, वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा भारत सरकारका पूर्व सचिव (IAS, सेवानिवृत्त) डा. कमल दवड़ी ज्यूको उपस्थिति रहेको थियो। त्यसैगरी मुख्य अतिथिका रूपमा पारम्परिक वैद्यरत्न, गव्य सिद्धाचार्य, सेवारत्न पञ्चगव्य विद्यापीठका गुरुकुलपति श्री निरञ्जन कुमार वर्मा सहभागी भएका थिए।

कार्यक्रम काठमाडौंस्थित पशुपतिनाथ मन्दिर (दक्षिण ढोका) नजिक सुमार्ग स्मृति भवनमा सम्पन्न भएको थियो।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा ‘गौविज्ञान कथा’ प्रवचन गरिएको थियो। सहभागीहरूका लागि भोजनको व्यवस्था गरिनुका साथै दिउँसो निःशुल्क नाडी परीक्षण तथा स्वास्थ्य परामर्श सेवा समेत उपलब्ध गराइएको थियो।

प्रमुख अतिथि डा. कमल दवड़ीले गौसंरक्षणलाई धार्मिक मात्र नभई वैज्ञानिक र आर्थिक दृष्टिले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सबैको ध्यान जानुपर्ने बताए।

त्यसैगरी, मुख्य अतिथि श्री निरञ्जन कुमार शर्माले गौविज्ञानले मानव स्वास्थ्य, कृषि तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै पञ्चगव्यको प्रयोगलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।

कार्यक्रम गौ भक्त स्मृति राणाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। आयोजकका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top