
राष्ट्रिय स्वतन्त्र पार्टी किर्तिपुर नगर तदर्थ समिति गठन
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) किर्तिपुर नगर भेलाले २०८३ वैशाख १३ गते नयाँ नगर तदर्थ समिति गठन गरेको छ।

नवगठित समितिको संयोजकमा बिटुराज थापा चयन भएका छन् भने सह-संयोजकमा रोशा श्रेष्ठ चयन भएकी छिन्।
त्यसैगरी सचिवमा रबिन कडेल, सह-सचिवमा अर्जुन सिंह र कोषाध्यक्षमा अमर महर्जन चयन भएका छन्।
समितिका सदस्यहरूमा सुशील बास्कोटा, कल्पना थापा, अनिल पौडेल, सञ्जय कुमार महर्जन, ममीका नेपाली परियार, गुन्केश्वरी महर्जन, किरण श्रेष्ठ, लक्ष्मी महर्जन र अमृत महर्जन रहेका छन्।

कार्यक्रमबाट नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
संयोजक बिटुराज थापाले आफू सर्वसम्मत रूपमा चयन भएकोमा हृदयदेखि आभार व्यक्त गर्दै सबै समर्थक, साथीहरू र मतदाताप्रति धन्यवाद व्यक्त गरे। उनले नगरको समग्र विकासका लागि पूर्ण रूपमा प्रतिबद्ध रहने बताए।
त्यस्तै, सह-संयोजक रोशा श्रेष्ठले आफूलाई प्राप्त जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्दै नवगठित समितिले पारदर्शिता, जवाफदेहिता र जनमुखी कार्यलाई प्राथमिकता दिँदै किर्तिपुर नगरको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।

