रोशा श्रेष्ठ : सामाजिक सेवा, स्वास्थ्य र उद्यमशीलतामा सक्रिय नेतृत्व

Spread the love

काठमाडौं – सामाजिक सेवा, स्वास्थ्य क्षेत्र तथा उद्यमशील गतिविधिमा सक्रिय रहँदै आएकी रोशा श्रेष्ठको योगदान बहुआयामिक रूपमा फैलिएको छ। उनी समाजसेवा, स्वास्थ्य सेवा तथा स्थानीय विकासका विभिन्न क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी छिन्।


१३ वर्षकै उमेरमा साक्षरता अभियानमार्फत गाउँका महिलाहरूलाई शिक्षित बनाउने कार्यबाट उनले आफ्नो सामाजिक यात्रा सुरु गरेकी थिइन्। यस प्रारम्भिक अनुभवले उनलाई समुदायप्रति जिम्मेवार र सामाजिक कार्यप्रति समर्पित बन्न प्रेरित गरेको देखिन्छ।


स्वास्थ्य क्षेत्रमा प्रवेश गरेपछि उनले विभिन्न अस्पताल तथा स्वास्थ्य सेवा संस्थामा कार्य गर्दै बिरामी हेरचाहमा प्रत्यक्ष अनुभव हासिल गरिन्। यसले उनलाई मानवीय सेवा र पेशागत दक्षता दुवै क्षेत्रमा बलियो आधार प्रदान गरेको छ।


त्यसपछि जलविद्युत परियोजनामा कार्यरत रहँदा उनले कर्मचारी तथा स्थानीय समुदायलाई स्वास्थ्य सेवा र परामर्श उपलब्ध गराउँदै व्यवस्थापन तथा समन्वय क्षमताको प्रदर्शन गरेकी थिइन्।


सामाजिक विकास र उद्यमशीलताको क्षेत्रमा समेत सक्रिय हुँदै उनले इन्जिनियरिङ कन्सल्टेन्सी स्थापना गरी पूर्वाधार विकासका गतिविधिमा योगदान दिएकी छिन्। साथै, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि ‘हार्मोनी हेल्थ केयर’ सञ्चालनमा ल्याई केही समय वृद्ध हेरचाह सेवामा महत्वपूर्ण भूमिका समेत निर्वाह गरिन्।


त्यसैगरी, ‘एस.पी. ड्रिङ्किङ वाटर एण्ड बेभरेज’ मार्फत स्वच्छ पानी तथा जनस्वास्थ्यसँग सम्बन्धित सेवामा पनि उनी सक्रिय रहँदै आएकी छन्। शिक्षा, स्वास्थ्य तथा सामाजिक राहतसम्बन्धी विभिन्न कार्यक्रमहरूमा निरन्तर संलग्न रहँदै आएकी श्रेष्ठलाई स्थानीय स्तरमा एक सक्रिय सामाजिक तथा उद्यमशील व्यक्तित्वका रूपमा चिनिन्छिन् ।


हाल उनि सामाजिक सेवा, स्वास्थ्य सेवा र उद्यमशीलताको संयोजनका रूपमा सक्रिय हुँदै आइरहेकि छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top