Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री रामजी यादवको उम्मेदवारी

Spread the love

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘खुल्ला मधेसी’ कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ।
मधेसको शक्तिशाली नेताको रूपमा प्रतिनिधित्व गर्दै यादवले उम्मेदवारी दिनुभएको हो।
रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन यही २०८३ असार ७ गते देखि चितवनमा भइरहेको छ। सोही महाधिवेशनका लागि यादवले केन्द्रीय नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको हो।
भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी मद्रास बाट एम.टेक गर्नुभएका इन्जिनियर यादवले पार्टीभित्र प्राज्ञिक र युवा नेतृत्वको प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले आफ्नो चुनावी प्रतिबद्धतामा नीतिगत स्पष्टता र सामाजिक रूपान्तरणलाई जोड दिनुभएको छ।
“नयाँ सोच, सामाजिक समृद्धि, समानता र परिवर्तनको प्रतिबद्धता, मधेसको सम्मान, समावेशी पहिचान, राष्ट्र निर्माणमा हाम्रो योगदान” रास्वपाले समावेशी र लोकतान्त्रिक पद्धतिलाई अङ्गाल्दै महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहँदा, यादवको उम्मेदवारीले मधेसी समुदायको सम्मान, पहिचान र राष्ट्र निर्माणमा युवा इन्जिनियरहरूको भूमिकालाई स्थापित गर्ने विश्वास गरिएको छ। आफूलाई मतदान गरी विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग अपिल समेत गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top