काठमाडौं- लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिको आयोजनामा लघुवित्त पीडितहरूले काठमाडौंमा सामूहिक विरोध तथा धर्ना कार्यक्रम गरेका छन्।संघर्ष समितिले लघुवित्त तथा वित्तीय शोषणका कारण हजारौं सर्वसाधारण आर्थिक, सामाजिक तथा मानसिक रूपमा पीडित बनेको भन्दै सरकारसँग तत्काल न्यायको माग गरेको छ। प्रदर्शनका क्रममा पीडितहरूले सम्मानित सर्वोच्च अदालतको परमादेश पूर्ण रूपमा कार्यान्वयन गर्न, विशेष वित्तीय ऐन […]

