Flash Story
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ

सरकार र लघुवित्त पीडितबीच पाँच बुदे सहमति, अनशनका कार्यक्रम फिर्ता

Spread the love

काठमाडौं – सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच पाँच बुँदे सहमति भएको छ। शुक्रबार राति अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच भएको वार्तापछि सहमति जुटेको हो।
सहमतिअनुसार लघुवित्त पीडितहरूको समस्या समाधानका लागि गठित कार्यदलले तयार गर्ने प्रतिवेदन कार्यान्वयन योजना सहित १५ दिनभित्र अर्थ मन्त्रालयमा सिफारिस गर्नेछ। साथै, समस्यामा परेका ऋणीहरूको पुनर्स्थापनाका लागि कार्यक्रम सञ्चालन, कालोसूची तथा धितो लिलामसम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन गरी आवश्यक सुझावसमेत प्रतिवेदनमा समावेश गरिने भएको छ।
यस्तै, ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको सञ्चालन मार्गदर्शन–२०८१ पूर्ण रूपमा कार्यान्वयन गर्ने तथा राष्ट्र बैंकले त्यसको कडाइका साथ अनुगमन गर्ने सहमति भएको छ।
सहमतिमा ऋण असुलीका नाममा धम्की दिने, घरबाट जिन्सी सामान उठाउने, किस्ता नतिरेसम्म घरमै बसेर दबाब दिने जस्ता कानुनविपरीतका गतिविधिमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने उल्लेख गरिएको छ।
यसैबीच, सहमति भएसँगै लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले देशभर सञ्चालन गरिरहेका सबै आन्दोलन तथा अनशनका कार्यक्रम तत्कालका लागि फिर्ता लिने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top