Flash Story
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ

सरकार–लघुवित्त पीडित वार्ता निष्कर्षविहीन, आज पुनः छलफल हुने

Spread the love

काठमाडौ – सरकार र आन्दोलनरत् लघुवित्त पीडितबीच बिहीबार भएको पहिलो चरणको वार्ता निष्कर्षमा पुग्न सकेन। सरकारद्वारा वार्ता टोली गठन भएपछि सुरु भएको छलफल सकारात्मक र समाधानउन्मुख रहेको जनाउँदै आज (शुक्रबार) पुनः वार्ता बस्ने सहमति भएको बताइएको छ।

यता, लघुवित्त पीडितहरूले सर्वोच्च अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन जारी राखेका छन्। सर्वोच्च अदालतले सरकार, नेपाल राष्ट्र बैंक र लघुवित्त बैंकर्स संघलाई पीडितसँग भएका सहमति कार्यान्वयन गर्न परमादेश जारी गरिसकेको भए पनि कार्यान्वयन नभएको आरोप उनीहरूको छ।

झरी र प्रतिकूल मौसमको समेत प्रवाह नगरी आन्दोलन जारी राखेका पीडितहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

#लघुवित्तपीडित #माइतीघर #आमरणअनशन #सरकारवार्ता #नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top