Flash Story
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ
सुनकोशी नदीमा कार खस्यो
५ वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त काठमाडौंबाट पक्राउ
सरकार र लघुवित्त पीडितबीच पाँच बुदे सहमति, अनशनका कार्यक्रम फिर्ता

बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने

Spread the love

काठमाडौँ – माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवज्यूसँग भेटघाट गर्दै नेपाली काङ्ग्रेसका तर्फबाट बाजुराका माननीय सांसद जनकराज गिरीज्यू र स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाज्यूले जिल्लाको दुर्गम भेगमा वर्षेनि हुने खाद्यान्न अभावको गम्भीर समस्याबारे ध्यान ध्यानाकर्षण गराउनुभएको छ।

भेटका क्रममा प्रतिनिधिमण्डलले स्वामीकार्तिक खापर गाउँपालिकामा मात्रै करिब ६ हजार दलित परिवारको बसोबास रहेको र खाद्यान्न अभावकै कारण बालबालिका तथा सर्वसाधारण कुपोषणको सिकार भइरहेको दर्दनाक अवस्था प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले यो सङ्कटलाई तत्काल रोक्न मन्त्रालयबाट विशेष पहल र आपूर्ति व्यवस्थापन गरिदिन माननीय मन्त्रीज्यूसमक्ष अनुरोध गर्नुभयो।

सांसद र अध्यक्षज्यूको गुनासो सुनिसकेपछि माननीय मन्त्री यादवज्यूले बैठककै बीचमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धक रमेश आचार्यज्यूलाई तत्काल मन्त्रालयमै बोलाएर आवश्यक कदम चाल्न कडा निर्देशन दिनुभयो।

माननीय मन्त्रीज्यूले बाजुराका दुर्गम क्षेत्रमा १२ नै महिना खाद्यान्नको सहज आपूर्ति सुनिश्चित गर्न, कर्मचारी खटाएरै भए पनि प्रभावकारी काम गर्न र खाद्य डिपोमार्फत बिक्री वितरण भइरहेको सामग्रीको उचित व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ। दुर्गमका बासिन्दालाई खाद्यान्नको कमी हुन नदिन मन्त्रालय पूर्ण प्रतिबद्ध रहेको र व्यवस्थापनका सबै प्रक्रिया तुरुन्त अघि बढाउने उहाँले स्पष्ट पार्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top