Flash Story
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपा सहमहामन्त्रीमा ढकाल, डाँगी र शाह निर्वाचित
रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित
रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री रामजी यादवको उम्मेदवारी
जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एक पटकको चार्जमा ५२० किमीसम्म चल्ने
प्रहरीको तलब पनि १५ दिनमा
रास्वपाको महामन्त्रीमा मनिष झा : सक्षम, निष्ठावान र सर्वस्वीकार्य नेतृत्व
सीमा र देशको विषयमा बोल्दा बालेन सरकारले हामीलाई थुन्योः जेनजी अभियान्ता
आयुष्मा कार्की र सुधिर श्रेष्ठको अभिनय रहेको ‘मन खान्छ कटक्कै’ गीतको म्युजिक भिडियो सार्वजनिक

धादिङमा बाैद्धिक अपाङ्गता भएकी किशोरीमाथि बलात्कार

Spread the love

धादिङ – धादिङको नीलकण्ठ नगरपालिका–१० मा बाैद्धिक अपाङ्गता भएकी २९ वर्षीया एक किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। भाद्र २५ गते बलात्कारमा परेकी किशोरीलाई  उपचारका लागि जिल्ला अस्पताल धादिङमा ल्याईएकाे थियोे । उनलाई  डाक्टरले रगतको कमी छ भर्ना गरि थप उपचार गराउनु पर्छ भन्दा उनकाे अभिभावकले घर लगेका थिए । उनलेे २६ गते प्रहरी कार्यालय धादिङमा उजुरी दर्ता गरेकी थिइन्।
उजुरी दर्ता गरी घर फर्किएकी ती किशोरी पुनः स्वास्थ्य समस्या देखिएपछि जिल्ला अस्पताल धादिङमा फलोअपका लागि आएकी थिइन्। अस्पतालमा पुन परिक्षण गर्दा उनको शरीरमा हेमोग्लोबिनको कमी देखिएपछि रगत चढाउदै उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सो घटनामा संलग्न स्थानीय ३२ वर्षीय खिलबहादुर मानन्धर फरार रहेका छन् र खोजी कार्य तिव्र पारिएको छ। यस्तै, पीडित पक्षले गाउँमै मिलाउन दबाब दिने केही व्यक्तिहरू रहेको गुनासो गरेका छन्।
जवरस्ती करणीमा परेकी किशोरी विगत ३ बर्ष देखि नीलकण्ठ ११ लामस्थानमा आफ्नै दिदीको घरमा बस्दै आएकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top