Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

उल्लास होइन, दुर्घटनाको कारण बन्ने गरेको छ मदिरा : एआईजी कार्की

Spread the love

काठमाडौँ। काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले मनोरञ्जनको पर्यायवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाइ नेपाली समाजमा रहेको बताएका छन् ।

आइतबार चाडपर्व लक्षित ट्राफिक वाक समापन कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपाली समाजमा चाडपर्वको नाममा भयंकर मदिरा सेवन गर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘कतिपयले चाडबाडलाई उल्लासमय बनाउने भनेर आफ्नो जिउ,ज्यानको क्षति हुनेगरी मदिरा सेवन गरेर हिँडेको पनि पाइन्छ। नेपाली समाजमा मादक पदार्थको सेवन गर्ने चलन भएतापनि पनि पछिल्लो समयमा छन् भयंकर सेवन गर्ने,मनोरञ्जनको पयार्यवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाईको कारणले कयौँ होनाहार व्यक्तिले पनि जीवन गुमाएको अवस्था छ।’

त्यस्तै उनले चाडपर्वको बेला पालना गर्नुपर्ने सबै किसिमका ट्राफिक नियमहरू पालना गर्न आग्रह गरे। दशैं लगायतका चाडपर्व शान्त रूपले पनि मनाउन सकिँदो रहेछ भन्ने सन्देश दिनेगरी संयमता अपनाउन सबैमा उनले अपिल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top