Flash Story

GenZ 2.0 राष्ट्रिय अभियान — कर्णाली प्रदेश भेलाको तयारी पूरा

Spread the love

सुर्खेत – डा. हरि कार्कीको संरक्षकत्वमा सञ्चालित GenZ 2.0 (सबै पुस्ताका सारथी) राष्ट्रिय अभियान अन्तर्गत कर्णाली प्रदेशस्तरीय भेटघाट कार्यक्रम आगामी कार्तिक २५ गते हुने भएको छ।

अभियानका कर्णाली प्रदेश संयोजक हिक्मत जङ्ग मल्लका अनुसार सो भेलामा राष्ट्रिय एकताको सुदृढीकरण, साझा राष्ट्रिय भावना र सहकार्यको विस्तार, र नागरिक–केन्द्रित सशक्त सरकारको सुनिश्चितता जस्ता विषयमा विस्तृत छलफल हुने बताइएको छ।

उनका अनुसार, उक्त भेलामा प्रदेश समिति पूर्णता, विभिन्न विभागहरूको गठन, र जिल्ला संयोजकहरूको चयन समेत सम्पन्न गरिने तयारी गरिएको छ।

कर्णालीमा एकताको अभियान

कालीकोट संयोजक महेन्द्र भारती ले GenZ 2.0 अभियानले कर्णालीमा युवा पुस्ताबीच राष्ट्रिय जागरण ल्याएको बताउनुभयो।

“यो अभियानले केवल नारामात्र होइन, कार्यको माध्यमबाट राष्ट्रिय एकता र नागरिक अभिमान पुनःस्थापना गर्ने दृढ संकल्प लिएको छ,” — शाहीले भन्नुभयो।

त्यस्तै, प्रदेश संरक्षक डम्बर साहुले भने —

“हाम्रो लक्ष्य विभाजन होइन, साझा दिशा हो। GenZ 2.0 अभियानले सबै वर्ग, जाति र क्षेत्रलाई एउटै राष्ट्रिय सोचमा बाँध्ने काम गर्दैछ। कर्णाली प्रदेश यस अभियानको अनुकरणीय उदाहरण बन्नेछ।”

नयाँ पुस्ताबाट राष्ट्रिय सन्देश

केन्द्रीय कार्यसंपादन सदस्य गौरव देवकोटाका अनुसार GenZ 2.0 अभियान नयाँ पुस्ताको मात्र होइन, सम्पूर्ण नेपाली आत्माको प्रतिनिधि आन्दोलन हो।

“कर्णालीको भेलाबाट निस्किने सन्देशले देशभरि एकता, स्वाभिमान र सुधारको लहर फैलाउनेछ,” — देवकोटाले जोड दिनुभयो।

साझा राष्ट्रिय मञ्चतर्फ कर्णालीको यात्रा

भेलाले कर्णाली प्रदेशलाई एकता, राष्ट्रियता र नागरिक चेतनाको साझा मञ्चका रूपमा अघि बढाउने संकल्प लिएको छ।
GenZ 2.0 अभियानको यो प्रदेशस्तरीय भेटघाटले नयाँ पुस्तामा सकारात्मक सोच, राष्ट्रिय गौरव र साझा भविष्यको भावना जगाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top