Flash Story
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
यूएईको अबुधाबीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पशुपतिमा अन्तिम संस्कार
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग

Spread the love

काठमाडौं — जेनजि २.० ले कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनले गृहमन्त्रीलाई पत्र लेख्दै उक्त प्रतिवेदन हालसम्म सार्वजनिक नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

पत्रमा देशमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन गठन गरिएको आयोगको प्रतिवेदन जनसरोकारसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरिएको छ। जेनजि २.० का अनुसार प्रतिवेदन सार्वजनिक नगर्दा जनतामा आशंका, अन्योल तथा अविश्वास बढ्ने खतरा रहेको छ।

“लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप यस्ता महत्वपूर्ण प्रतिवेदन समयमै सार्वजनिक गर्नु आवश्यक हुन्छ,” पत्रमा भनिएको छ।

जेनजि २.० ले पारदर्शिता र जनउत्तरदायित्व सुनिश्चित गर्न कार्की आयोगको प्रतिवेदन ढिलाइ नगरी सार्वजनिक गर्न आग्रह गरेको छ।

संगठनका प्रवक्ता अविन लिम्बूले प्रतिवेदन सार्वजनिक नभएसम्म नागरिकस्तरबाट दबाब जारी रहने संकेत पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top