Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

ट्रम्पले हार्वर्डलाई नयाँ विद्यार्थी भर्ना गर्न लगाए प्रतिबन्ध

Spread the love

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयलाई नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरू स्वीकार गर्ने अनुमति रद्द गरेका छन् । यो निर्णय ह्वाइट हाउस र अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयबीच चलेको द्वन्द्वको नयाँ चरण हो ।

जुन ४ मा एक कार्यकारी आदेश जारी गर्दै ट्रम्पले हार्वर्डले अन्तर्राष्ट्रिय विद्यार्थीहरू लिनु संयुक्त राज्यका लागि खतरा भएको बताएको यूएसए टुडेले जनाएको छ । अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले यसअघि नै हार्वर्डको अन्तर्राष्ट्रिय कार्यक्रम रोक्न धम्की दिएकी थिइन्, तर एक संघीय न्यायाधीशले यसलाई अस्थायी रूपमा रोकेका थिए ।

आफ्नो नयाँ कार्यकारी आदेशमा, ट्रम्पले हार्वर्ड विश्वविद्यालयविरुद्ध धेरै गुनासोहरू सूचीबद्ध गर्दै उनले विश्वविद्यालयलाई यहूदी विद्यार्थीहरूलाई प्रो–प्यालेस्टिनी प्रदर्शनकारीहरूबाट सुरक्षा दिन असफल भएको आरोप लगाएका छन् ।

ब्चनबपजबअजष् ऋझभलत क्ष्कबिलम ब्म
उनले हार्वर्डले लामो समयदेखि भर्नामा जातिलाई आधार बनाएको र जसका कारण सन् २०२३ मा सर्वोच्च अदालतले देशभर जातिमा आधारित भर्ना नीतिहरू खारेज गरेको बताए ।

“हार्वर्डमा अत्यधिक संख्यामा विदेशी विद्यार्थीहरूको भर्नालाई अनुमति दिनुले विश्वविद्यालयले गर्ने अरू जाति, राष्ट्रियता, पूर्वज वा धर्मप्रति भेदभावलाई मात्र बढाउँछ । साथै, अमेरिकी विद्यार्थीहरूका अवसरहरू पनि सीमित गर्छ । यो अवस्था संयुक्त राज्य अमेरिकाको हितमा छैन ।,” ट्रम्पले आफ्नो कार्यकारी आदेशमा भने, “यी तथ्यहरूलाई ध्यानमा राखेर, मैले हार्वर्ड विश्वविद्यालयमा पढ्न वा हार्वर्डले आयोजना गरेको विद्यार्थी आदान प्रदान कार्यक्रममा सहभागी हुन मात्र अमेरिका आउन खोज्ने विदेशी नागरिकहरूको प्रवेश प्रतिबन्धित गर्नु आवश्यक ठानेर यो निर्णय गरेको छु ।”

ह्वाइट हाउसले हार्वर्डसँग प्रदर्शनकारी विद्यार्थीहरूको बारेमा जानकारी दिन र कक्षा तथा शिक्षकहरूको बाह्य समीक्षा गर्न अस्वीकार गरेको विषयले द्वन्द्व सृजना गरेको छ ।

कुल विद्यार्थी संख्याको २५ प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू हार्वर्डमा छन् । यसमा यो शैक्षिक वर्षमा १४० देशका लगभग ६ हजार ८०० विद्यार्थी समावेश छन् । ट्रम्पको आदेशले हार्वर्डमा पढ्न आउने नयाँ विद्यार्थीहरूलाई मात्र लक्ष्य गरेको र विदेशमन्त्री मार्को रुबियोलाई वर्तमान अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा पनि रद्द गर्ने विचार गर्न अनुरोध गरेको छ ।

“मेरो विचारमा, हार्वर्डको व्यवहारले यसलाई विदेशी विद्यार्थी र शोधकर्ताहरूका लागि अनुपयुक्त गन्तव्य बनाएको छ,” ट्रम्पले भनेका छन् ।

संयुक्त राज्यमा लगभग १२ लाख अन्तर्राष्ट्रिय विद्यार्थी छन् । अमेरिकाको संघीय रेकर्डअनुसार, धेरै विद्यार्थीहरू पठाउने देशहरूमा भारत र चीनका दुई प्रमुख देश हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top