Flash Story
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिद्वारा काठमाडौंमा सामूहिक विरोध
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
हामीलाई बाँच्न देऊ’ : गोर्खा जिल्ला समितिद्वारा पाँचबुँदे माग सार्वजनिक
‘एउटा सडक प्रयोग गर्दा पूरा शुल्क असुल्नु न्यायोचित होइन’ : वडा अध्यक्ष खतिवडा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू (सूची)
व्यवसायी शंकर अग्रवाल पक्राउ
लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले साउन १२ देखि माइतीघरमा कडा आन्दोलन गर्ने
कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

श्रीकृष्ण अष्टमी विशेष: भरतपुरमा सात दिन लामो दुर्लभ दिव्य साधना कार्यक्रम सुरु हुँदै

Spread the love

भरतपुर – श्रावण २४ गतेदेखि ३१ गतेसम्म भरतपुर-६, केशरबागस्थित अक्षय श्री कल्की राजदरबारमा एक ऐतिहासिक तथा दुर्लभ साधना कार्यक्रम आयोजना हुँदैछ। ‘अहिलेसम्म नभएको यस्तो दिव्य ५ कार्यक्रम’ भनेर प्रचार गरिएको यो धार्मिक आयोजनाले श्रीकृष्ण अष्टमीको अवसर पारेर सम्पूर्ण दोष शुद्धि, आत्मिक उत्थान र सृष्टिको कल्याणको लक्ष्य लिएको छ।

कार्यक्रमका मुख्य विशेषताहरूमा दुर्लभ ब्रह्म योग साधना, दैनिक विशेष पूजा, जडिबुटी र घिउबाट मात्र गरिने यज्ञ हवन, आध्यात्मिक प्रवचन, कल्की युगल सरकारद्वारा गुरु पूर्णिमादेखि फलाहार व्रतसहित विशेष साधना, र ५१ सुतको घिउ बत्ति बालिने क्षमायाचन पूजन समावेश छन्।

कार्यक्रमको अन्तिम दिन श्रीकृष्ण अष्टमी (श्रावण ३१ गते) को दिन कम्तिमा एक दिन उपस्थित भएर दिव्य आशीर्वाद प्राप्त गर्न सकिने आयोजकले जनाएका छन्।

कार्यक्रमको क्रममा अष्टधातुको पादुका, चाँदीको जनै, र पाँच पिरामिड भएको मुकुट धारणजस्ता दुर्लभ धार्मिक गतिविधिहरू पनि हुनेछन्।

धार्मिक आस्थावान व्यक्ति तथा साधकहरूलाई कार्यक्रममा सहभागी भई आत्मिक अनुभूति लिन आयोजकले अनुरोध गरेका छन्। टाढा रहेका इच्छुक भक्तजनहरूले QR कोड वा खाता नम्बरमार्फत सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top