Flash Story
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ

विराटनगर १४१ ग्राम लागुऔषधसहित दुई जना पक्राउ

Spread the love

काठमाडौँ । विराटनगर १४१ ग्राम लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका १५ रानीको जानकी मन्दिर अगाडिबाट पक्राउ गरेको हो । यो स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, फारबिसगञ्ज थाना रामपुर पञ्चायत २ का ३५ वर्षीय मो सिकंदर बाखत र सोही पञ्चायत १० का ३५ वर्षीय सरफराज छन् । उनीहरू भारतबाट ब्राउनसुगर पुर्याउनका लागि विराटनगर आएका थिए ।

शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको देखेपछि नियन्त्रणमा लिएर खानतलासी गर्दा मो सिकंदर बाखतको साथमा सेतो प्लास्टिकमा राखेको अवस्थामा ब्राउनसुगर बरामद भएको थियो । बरामद गरिएको ब्राउनसुगर प्लास्टिकसहित १५० ग्राम र प्लास्टिक बाहेक १४१ ग्राम रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका दुवैले भारतबाट लागुऔषध ल्याई नेपालमा बिक्री वितरण गर्ने गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top