काठमाडौं । कञ्चनपुरस्थित महाकाली नदीमा आइतबार नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका-१२ ऐरीनजिकै महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन्।
भीमदत्त नगरपालिका-११ की जीविका पन्त र सानबी पन्त नदीमा बेपत्ता भएका हुुन् । उनीहरू दुवैको उमेर अन्दाजी ६र७ वर्ष छ । उनीहरूको खोजी भइहेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका पनि नुहाइरहेका थिए। जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन्।

