Flash Story
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिद्वारा काठमाडौंमा सामूहिक विरोध
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
हामीलाई बाँच्न देऊ’ : गोर्खा जिल्ला समितिद्वारा पाँचबुँदे माग सार्वजनिक
‘एउटा सडक प्रयोग गर्दा पूरा शुल्क असुल्नु न्यायोचित होइन’ : वडा अध्यक्ष खतिवडा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू (सूची)
व्यवसायी शंकर अग्रवाल पक्राउ
लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले साउन १२ देखि माइतीघरमा कडा आन्दोलन गर्ने
कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

Spread the love

काठमाडौं – आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्दैछ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी, राष्ट्रियसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति दुवै सदनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top