Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

विष्णु माझीको तिज गीत सार्वजनिक

Spread the love

काठमाडौं । गायिका विष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । बुधबार ‘म त नराउरी’ बोलको गीत सार्वजनिक भएको हो ।

तिम्रै छोरो राम्रो म त नराम्रो भन्दै व्यंग्य गर्दै सुरु हुने गीतमा छोरीमाथि हुने विभेदको कथा रहेको छ । विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।

घरका सम्पूर्ण काम महिलाले गर्नैपर्ने पितृसत्तात्मक सोचको खिलाफमा रहेको गीतले छोरीलाई अझै पनि दोस्रो दर्जामा राख्ने गरिएको विषय उल्लेख छ ।

बच्चै हुँदादेखि बुहारीको भूमिका निर्वाह गर्दाको सकस र पीडाबारे मनोवैज्ञानिक रूपमा तयार पारिने गरेको यथार्थ गीतमा समावेश छ । महिलालाई चुलोचौकामै सीमित गर्ने सोच रहेको समाजले हरेक दोषको भागिदार बुहारी हुनुपर्ने अवस्था रहेको यथार्थ गीतमा समावेश छ ।

गीतले जन्मघरबाटै सुरु हुने विभेद श्रीमानको घरसम्म भोग्नुपर्ने बताएको छ । घरमा भोग्ने दुःखबाट जिन्दगी बाँचे अर्को वर्ष भेट होला भन्ने अपेक्षा गीतमा छ ।

भिडियोमा ललिता पौडेलको अभिनय छ । सम्भु चालिसेको सिनेमेटोग्राफी रहेको भिडियो सम्पादन प्रवीण भट्टले गरेका छन् ।

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियो निर्देशन सुन्दरमणि अधिकारीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top