Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

थाक्रेको अमर्खुबाट सुरु भएको यात्रा,शिक्षा अधिकृतसम्म

Spread the love

धादिङ – धादिङको थाक्रे गाउँपालिकास्थित अमर्खु माध्यमिक विद्यालयबाट आफ्नो पढाइ सुरु गरेका विजय तामाङ अब आफ्नै जिल्लाको गंगाजमुना गाउँपालिकामा शिक्षा अधिकृतको रूपमा पदस्थापित भएका छन्।

विद्यालय तहदेखि नै उत्कृष्ट विद्यार्थीका रूपमा परिचित तामाङले बागमती प्रदेश लोकसेवा आयोगले लिएको शिक्षा अधिकृत (सातौँ तह) परीक्षामा सफलता हासिल गर्दै गंगाजमुनामा खटाइ पाएका हुन्।

पेशागत जीवनको थालनी उनले एड्भान्स एकेडेमीमा अध्यापनमार्फत गरेका थिए। गत वर्ष मात्र नीलकण्ठ नगरपालिका–स्थित शंखादेवी प्राथमिक विद्यालयमा स्थायी दरबन्दीमा नियुक्त भएका उनले पुनः लोकसेवा आयोगको शिक्षा अधिकृत पदमा नाम निकाल्न सफल भए।

खेलकुदप्रति विशेष रुचि राख्ने र “खेलकुद बिना शिक्षण प्रभावकारी हुन सक्दैन” भन्ने विश्वास गर्ने तामाङको गंगाजमुनामा सरुवासँगै स्थानीय विद्यालयस्तरीय खेलकुद गतिविधिमा नयाँ जोश र उत्साह थपिने अपेक्षा गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top