Flash Story
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

रसुवागढी सडकखण्डमा वर्षासँगै आएको बाढीले पुन: क्षति

Spread the love

काठमाडौं । वर्षासँगै आएको बाढी र पहिरोले गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेसी, रसुवागढी सडकखण्डमा फेरि क्षति पुर्‍याएको छ ।

२४ असारमा आएको बाढीले क्षतविक्षत भएको यो सडकखण्ड यही साउन १४ गते फेरि आएको बाढीले थप क्षति पुर्‍याएको थियो । मर्मतको काम चलिरहेका बेला हिजो र आजको वर्षासँगैको बाढीपहिरोले पुन: सडक भत्काएको हो ।

रेडियो लाङटाङका अनुसार उत्तरगया गाउँपालिका–५ मा पर्ने नौबिसे पेट्रोल पम्प नजिक करिब एक सय मिटर पक्की सडक कटान भएको छ । सडक नै बगेका कारण उत्तरगया गाउँपालिकाको प्रशासनिक कार्यालय, वरपरका बस्ती, विद्युत आयोजना लगायतका स्थानसम्मको सडक सम्पर्क विच्छेद भएको छ । सो क्षेत्रमा दुई घर र पेट्रोल पम्पको संरचना पनि जोखिममा छन् ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले ठाउँ–ठाउँमा गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेसी, रसुवागढी सडकखण्डको ठाउँठाउँमा क्षति पुगेको जानकारी दिए । त्यसैले नेपाल–चीन व्यापारिक नाका क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको उनले बताए ।

उनका अनुसार बुधबार मात्रै रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले क्षति पुगेको सडक क्षेत्रको अनुगमन पनि गरेको थियो । सो टोलीले सडक मर्मत गर्नका लागि कार्यजिम्मेवारी समेत बाँडफाँट गरेको उनले जानकारी दिए ।

दुई जिल्लाका अधिकारीहरुले गरेको निर्णय अनुसार, उत्तरगया गाउँपालिकाले सडक निर्माणका लागि आवश्यक कामदार, रङ र टिपरको व्यवस्था गर्नेछ । यसैगरी गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी सडक आयोजनाले ग्याबिन, ज्याला, प्राविधिक सुपरिवेक्षण र उपकरण उपलब्ध गराउनेछ ।

माथिल्लो त्रिशुली थ्री बी जलविद्युत परियोजनाले लोडर उपलब्ध गराई माटो–ढुंगा हटाउने छ । माथिल्लो त्रिशुली–१ आयोजनाले स्काभेटर, क्रेन तथा प्राविधिक सहयोग पुर्‍याउनेछन् । साथै, रसुवा र नुवाकोट सुरक्षा समितिले आवश्यक सुरक्षा प्रबन्ध र पुनर्निर्माणमा आइपर्ने अवरोध हटाउन सहजीकरण गर्नेछन् ।

यसैगरी रसुवाबाट सन्चालित रेडियो लाङटाङका अनुसार गएरातिको वर्षाले सिम्ले–भोर्ले सडकखण्डअन्तर्गत डडारे खोलाको छेउमा ठूलो पहिरो गएको र कालिका गाउँपालिका वडा नं। ३ स्थित डिलखेत बस्ती जोखिममा परेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार सूचना जारी गर्दै वर्षा र बाढीको जोखिम रहेको भन्दै भोटेकोशी, त्रिशूली, लाङटाङ खोला, चिलिमे खोला र जिल्लाका अन्य नदीरखोला आसपासका बासिन्दालाई सतर्क रहन भनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top