Flash Story
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपा सहमहामन्त्रीमा ढकाल, डाँगी र शाह निर्वाचित
रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित
रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री रामजी यादवको उम्मेदवारी
जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एक पटकको चार्जमा ५२० किमीसम्म चल्ने
प्रहरीको तलब पनि १५ दिनमा
रास्वपाको महामन्त्रीमा मनिष झा : सक्षम, निष्ठावान र सर्वस्वीकार्य नेतृत्व
सीमा र देशको विषयमा बोल्दा बालेन सरकारले हामीलाई थुन्योः जेनजी अभियान्ता
आयुष्मा कार्की र सुधिर श्रेष्ठको अभिनय रहेको ‘मन खान्छ कटक्कै’ गीतको म्युजिक भिडियो सार्वजनिक

विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिदै

Spread the love

काठमाडौं । विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा आज निकालिदैछ ।

रथयात्रा दिउँसो ३ बजेबाट सुरु हुने र रथले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्नेछ । ५८ औं संस्करणको रथयात्रा विराटनगर–१ को राधाकृष्ण मन्दिरबाट सुरु भइ तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर समापन हुनेछ । नगर परिक्रमा गर्दा ४३ स्थानमा विश्राम लिइनेछ ।

वर्षौं पुरानो यो परम्परा विराटनगरको सांस्कृतिक पहिचान पनि हो । रथयात्रामा नेपाल भारतका हजारौं भक्तजनको सहभागी रहन्छ । रथयत्राका लागि प्रदेश सरकारले कोशी प्रदेशको झापा मोरङ र सुनसरीमा विदा दिएको छ ।

विक्रम संवत १९८८ मा विराटनगर महानगरपालिका–१ मा राधाकृष्ण मन्दिरको स्थापना भएको थियो । सोही वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट खटयत्रा निकालिएको थियो । २०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतको पहलमा रथयात्राको सुरुवात भएको थियो । त्यसयता निरन्तर रथयात्रा भइरहेको छ । रथसँगै खटलाई पनि नगर परिक्रमा गराइन्छ ।

यो वर्ष विगतको रथलाई केही परिमार्जन गरेर यसपटक फरक शैलीमा निर्माण गरिएको छ । यसपटक सबै जनाले देख्ने गरी रथ बनाइएको रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए । पेगोडा शैलीको रथको लम्बाइ १९ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । रथयात्राका क्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top