Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

विपिन जोशीको शीघ्र रिहाइ हाम्रो जिम्मेवारी : प्रधानमन्त्री ओली

Spread the love

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइका लागि सरकारले उच्च प्राथमिकताका साथ पहल गरिरहेको बताएका छन्।

उनका अनुसार, इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले हालै इजरायलका राष्ट्रपति आइज्याक हेर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेट गरी विपिनको रिहाइका लागि आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले यसअघि पनि मध्यपूर्व शान्तिका लागि सक्रिय टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते फोन संवाद गरी विपिनको मुक्तिबारे ध्यानाकर्षण गराइसकेको स्मरण गराए।

उनले भने, ‘सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै सबै सम्भावित पहलमा जुटिरहेको छ। परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ।’

प्रधानमन्त्री ओलीले विपिनको मुक्तिका लागि सहयोग गरिरहेका नेपाली तथा स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले थपे, ‘विपिनका परिवारसँग सरकार छ, सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न कुनै कसर बाँकी रहने छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top