
काठमाडौं – अखिल नेपाल महिला संघ (क्रान्तिकारी) धादिङ–काठमाडौँ सम्पर्क समन्वय जिल्ला कमिटीद्वारा आयोजित तीज विशेष कार्यक्रम–२०८२ भाद्र ३ गते मंगलवार काठमाडौंको खाँडादेवी पार्टी प्यालेस, कलंकीमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता सम्पर्क समन्वय जिल्ला कमिटीकी अध्यक्ष सितामाया घले ले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका सदस्य तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमरकटेल रहनुभयो भने विशेष अतिथि पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सम्पर्क समन्वय समितिका इन्चार्ज कमला दोङ रहनुभएको थियो।

प्रमुख अतिथि जमरकटेलले भन्नुभयो–
“तीज पर्व केवल सांस्कृतिक उत्सव मात्र नभई महिला अधिकार, समानता र सामाजिक रुपान्तरणसँग गासिएको पर्व हो। महिलाको सहभागिता बिना समाज समृद्ध बन्न सक्दैन, त्यसैले महिला सशक्तीकरणलाई अझ संगठनात्मक रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ।”

त्यस्तै, विशेष अतिथि कमला दोङले तीज पर्वले महिलाबीच आपसी सद्भाव र आत्मबल अभिवृद्धि गर्ने बताउँदै यसलाई सांस्कृतिक जगेर्ना र सामाजिक रुपान्तरणको पर्वका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सहभागी महिलाहरूले तीज गीत–नृत्य प्रस्तुत गर्दै पर्वलाई उल्लासमय बनाएका थिए।
आयोजक समितिका अनुसार यो कार्यक्रम महिला एकता, संगठन सुदृढीकरण र सांस्कृतिक जगेर्ना प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

