Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

उपसभामुखविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने निर्णय छैन : महेश बर्तौला

Spread the love

काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सत्ता गठबन्धनले उपसभामुख इन्दिरा राना मगरविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने तयारी नगरेको दाबी गरेका छन् ।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले उपसभामुखले पद अनुकूलको आचरण नगरेको भन्दै उनीविरुद्ध प्रस्ताव दर्ता गर्न खोजिएको भनेर आएका समाचार यथार्थ नभएको दाबी गरे ।

यद्यपि, उनले उपसभामुख रानाको भूमिकालाई लिएर संसदमा प्रश्न उठेको बताए । खासगरी ‘भिजिट भिसा’ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलले संसदमा विरोध गरिरहेको सन्दर्भमा उपसभामुखको भूमिका पनि जोडिएको उनले बताए। केही व्यक्तिहरूलाई अमेरिकी दूतावासमा अन्तर्वार्ता प्रक्रियालाई सहजीकरण गर्नका लागि उनले पत्राचार गरेको विषय संसदमा उठेको र त्यसले बहस सिर्जना गरेको उनको भनाइ थियो।

बर्तौलाले भने, ‘उहाँमाथि प्रश्नहरू सिर्जना भएको छ। उहाँले गरेका कामहरू पद अनुकूलको हो कि होइन भन्ने कुरा सतहमा बहस र छलफल हुनुलाई अन्यथा भन्न मिल्दैन।’ यो विषय सरकारको नभई संसदको भएको र संसदभित्रै उठेकाले त्यहीँ समाधान खोजिनुपर्नेमा उनले जोड दिए ।

बर्तौलाले उपसभामुखमाथि उठेका प्रश्नहरूको निरन्तरताले राम्रो नगर्ने भन्दै संसदले नै यस्ता विषयहरूको समयमै टुङ्गो लगाउनुपर्ने बताए। तर, तत्कालै गठबन्धनका तर्फबाट कुनै प्रस्ताव लैजाने योजना नबनेको उनले दोहोर्‍याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top