Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

चितवनको ज्योतिनगरमा भदौ १० गते ‘ तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता ’ हुने

Spread the love

निराज रानाभाट,

चितवन – सरिता इभेन्ट्सले नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘ शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान ’ भन्ने मूल नाराका साथ ‘ तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता ’ गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका – २६, ज्योतिनगर हाटबजार परिषरमा भदौ १० गते, मंगलबार, दिउँसो १:०० बजेदेखि गर्न लागिएको सो कार्यक्रममा स्थानीय प्रतिभाहरूको साँस्कृतिक कार्यक्रम, डान्स प्लानेटका प्रस्तुति र थुप्रै ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

सरिता इभेन्ट्सको अध्यक्ष सरिता आचार्यका अनुसार उक्त कार्यक्रममा रमेश श्रेष्ठ ( मेलोडी ), सरिता गुरुङ श्रेष्ठ, चन्द्रा अर्याल, भुमिराज रेग्मी, आरती सापकोट, समुन रोक्का, सोनिका क्षेत्री, अनिल सुनार, गोविन्द सापकोट साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । साथै, खुल्ला तीज नृत्य प्रतियोगिताको लागि दर्ता खुल्ला गरिएको आचार्यले बताईन् ।

यस्तै, उक्त कार्यक्रमको सह – आयोजकमा ज्योतिनगर बजार व्यवस्थापन समिति र ज्योतिनगर हाटबजार व्यवस्थापन समिति रहेको छ, भने भरतपुर महानगरपालिका २६ नं. वडा कार्यालय संरक्षकको रुपामा रहेको छ । त्यसैगरी, उक्त कार्यक्रमको प्रायोजकमा बिमला ब्युटी पार्लर, लम्साल इन्टरप्राइजेज, रोशन होमियोप्याथिक फामेर्सि, अर्भिक ईन्टरप्राइजेज्, कृष्ण मोबाइल हाउस, शुभ श्री मोबाइल पोइन्ट, ब्युटी लुक्स पार्लर र हाम्रो बेकरी रहेका छन् । यसैगरी, उक्त कार्यक्रमको सह – प्रायोजकमा आरती ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर, सोफा हब चितवन, प्रकृति कपास उद्योग र जमघट होटल रहेका छन् । साथै, उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा जनअपडेट डटकमलगायतका मिडिया रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top