Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

बहुमत छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा

Spread the love

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशमा आइपरेको चुनौती काँग्रेसले मात्रै समाधान गर्न सक्ने दाबी गरेका छन् ।

प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय शक्ति भएपछि चुनावलाई महत्त्वपूर्ण मान्नु पनि स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

उनले भने, ‘चुनाव जित्ने आकांक्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । तर, सबै कुरा त्यो होइन । सत्तामा पुग्ने कुरा पनि सशर्त हो निशर्त होइन। हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन । काँग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ । त्यो सँग सम्झौता गरेर सत्तामा टिकिराख्ने भन्ने कुरा हुँदैन ।’

उनले लोकतन्त्रमा सङ्ख्याको आधारमा निर्णय गर्न पाइने बताए ।

उनले थपे, ‘तर मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन । सङ्ख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ । संसद्मा होस् वा पार्टीमा । पार्टीभित्र निर्णय गर्दा बहुमत छ भनेर निर्णय गरे पनि आम पार्टी पङ्क्तिले स्विकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ख्याल गर्नुपर्छ । सबैले स्वीकारे मात्रै वैध हुन्छ ।’

उनले आफूहरूले गरेको निर्णय समाजले स्विकार्छ कि स्वीकार्दैन भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top