Flash Story
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिद्वारा काठमाडौंमा सामूहिक विरोध
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
हामीलाई बाँच्न देऊ’ : गोर्खा जिल्ला समितिद्वारा पाँचबुँदे माग सार्वजनिक
‘एउटा सडक प्रयोग गर्दा पूरा शुल्क असुल्नु न्यायोचित होइन’ : वडा अध्यक्ष खतिवडा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू (सूची)
व्यवसायी शंकर अग्रवाल पक्राउ
लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले साउन १२ देखि माइतीघरमा कडा आन्दोलन गर्ने
कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

लोकतान्त्रिक गणतन्त्रमा प्राप्त अधिकारीबारे जनतालाई स्पष्ट पार्नुपर्छ : पम्फा भुसाल

Spread the love

काठमाडौँ। नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने एजेण्डामा गीत रचना हुनुपर्ने बताएकी छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अहिले तिज एउटा पर्वको रूपमा रहेको बताइन् । परिवर्तनको उपभोग गर्ने, परिवर्तनबाट प्राप्त गरेका कुराहरूलाई जनतामा लैजाने, आम विद्यार्थीमा पुर्‍याउने र थप अधिकारका निम्ति समाजवादी बाटोमा बढाउने गरी प्रचार गर्नुपर्नेमा उपाध्यक्ष भुसालले जोड दिइन् ।

निरङ्कुश राजतन्त्र कस्तो थियो र समावेशी लोकतान्त्रिक गणतन्त्रमा हामीले के पायौँ रु के मौलिक अधिकार, के नागरिक अधिकारी पायौँ रु भन्नेबारेमा आम जनतालाई स्पष्ट पार्नुपर्ने बताइन्।

उनले भने,‘तिज अहिले एउटा पर्वको रूपमा छ । परिवर्तनको उपभोग गर्ने, परिवर्तनबाट प्राप्त गरेका कुराहरूलाई आम मासमा लैजाने, आम विद्यार्थीमा पुर्‍याउने र थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने अहिलेको एजेण्डामा गीत रचना हुनुपर्छ । निरङ्कुश राजतन्त्र कस्तो थियो र समावेशी लोकतान्त्रिक गणतन्त्रमा हामीले के पायौँ रु के मौलिक अधिकार, के नागरिक अधिकारी पायौँ । त्यो बारेमा स्पष्ट बुझाउनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top