काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं ल्याइँदै छ । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । राष्ट्रिय […]
आज श्रीकृष्ण जन्माष्टमी, कृष्ण मन्दिरमा श्रद्धालुहरूको भीड
काठमाडौँ । आज श्रीकृष्ण जन्माष्टमी देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । । ललितपुरको पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि पूजा गर्नेहरूको लामो लाइन लागेको छ । हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । आजको दिन देशभरिका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका […]
चक्रे मिलन एक लाख १० हजार धरौटीमा छुटे
काठमाडौं । चक्रे मिलन भनिने मिलन गुरुङ एक लाख १० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । शुक्रबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीमाथि ०८१ भदौमा मनिष रायमाझीलाई कुटपिट गरी घाइते अवस्थामा छाडेर भागेको अभियोग लागेको थियो […]
मनोहरा बस्ती हटाउँदा स्थिति तनावग्रस्त
काठमाडौं। काठमाडौंको मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा ढुंगामुढा हुँदा तनाव सिर्जना भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा डोजर चलाउँदा बस्तीका बासिन्दाले ढुंगामुढा गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएका छन् । सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन खोज्दा झडपको स्थिति उत्पन्न […]
मनोहरा किनारको सुकुम्बासी बस्तीमा चल्यो महानगरको डोजर
काठमाडौं । मनोहरा नदी किनार काठमाडौंमा रहेको सुकुम्वासी बस्तीमा महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार काठमाडौं महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो । महानगरपालिकाले त्यहाँ निर्माण गरिएको नयाँ भौतिक संरचना हटाएको छ ।
समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ छ- देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा आफूहरू दृढ रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले संविधान संशोधन गरेर अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ रहेको बताए । “नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका ऐतिहासिक उपलब्धिहरू गणतन्त्र, संघीयता, […]
भदौ १४ गते ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८२ ’ हुने
निराज रानाभाट, काठमाडौं । नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँको आयोजना र चन्द्रागिरि नगरपालिकाको विशेष सहयोगमा ‘ आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं ’ भन्ने मूल नाराका साथ ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम – २०८२ ’ हुने भएको हो । राजधानी काठमाडौंको चन्द्रागिरि नगरपालिका -९, मच्छेगाउँस्थित भलिबल ग्राउण्डमा भदौ १४ […]
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार…
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार सोही सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो । यस्तै शुक्रबार […]
प्रधानमन्त्री ओली आज मधेश प्रदेश जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाने भएका छन्। उनी धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लागेका हुन् । नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान ११ बजे उनी धनुषा प्रस्थान गर्नेछन् । उनले धनुषामा मधेश प्रहरी कार्यालय उदघाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी धनुषाबाट […]
बाजुरामा बाढीले ११ घर बगायो, ७ घरमा क्षति
बुधबार रातिको बाढीले यहाँको हिमाली गाउँपालिका–१ बिच्छ्यामा ११ घर बगाएको छ। बिच्छ्या खोलामा बुधबार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो। बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए। उनकाअनुसार कवाडी प्रहरी चौकीको टोली बाढी प्रभावित क्षेत्रमा […]

