Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

सामाजिक सञ्जाल बन्द गरेर मात्र समस्या समाधान हुँदैन : सांसद केसी

Spread the love

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गर्नु समस्याको समाधान नभएको बताएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै केसीले सामाजिक सञ्जाल अहिले नेपाली जनताको ‘दुःखसुखको साथी’ बनेको बताएका हुन् ।

उनले यसलाई राजनीतिक विषयको रूपमा मात्र हेर्नु उचित नभएको भन्दै यसले विपद्को समयमा सूचना आदानप्रदान गर्न र बिरामी पर्दा सहयोग जुटाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गराए। उनका अनुसार, संसारका धेरै देशमा सामाजिक सञ्जालहरू दर्ता भएका छन्, तर नेपालमा दर्ता हुन नआउनु ठीक होइन। उहाँले यस विषयमा छलफल गरेर समाधान खोज्नुपर्नेमा जोड दिए।

सांसद केसीले सामाजिक सञ्जाल बन्द गराएकोमा आम नागरिकहरू रुष्ट भएको भन्दै यसको समाधान छिटोभन्दा छिटो गर्नुपर्ने बताए। उनले नेपाली कांग्रेसले अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने कार्यमा मौन बस्न नहुने पनि स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top