
धादिङ : निलकण्ठ नगरपालिका–१२ स्थित डुडे दोभान क्षेत्रमा आएको बाढीले क्षति पुर्याएको सडक लामो समयसम्म मर्मत नहुँदा स्थानीय बासिन्दाले आफैं रकम संकलन गरी मर्मत गरेका छन्।

साउन ३२ गतेको बाढीले सडक भत्काएपछि १२ र १३ नम्बर वडाका बासिन्दाले बारम्बार नगरपालिका कार्यालयलाई ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ भएन। आवागमनमा कठिनाइ बढेपछि स्थानीयले आफ्नै पहलमा बाइकसम्म चल्न सक्ने बाटो बनाएका हुन्।

बिरामी पर्दा आपतकालीन अवस्था झन् कठिन हुने भन्दै स्थानीयले निलकण्ठ नगरपालिका र सम्बन्धित निकायलाई तत्काल ध्यानाकर्षण गराउन आग्रह गरेका छन्।

