Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच सम्झौता

Spread the love


काठमाडौँ। लुम्बिनी विकास कोष र लुम्बिनी केबलकार लि. बीच पर्यटन प्रवद्र्धनका लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजसर डिएन कायस्थले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी अति विशिष्ट पाहुना (भीभीआईपी) लाई लुम्बिनी केबलकार यात्रा मार्फत बसन्तपुर हिल स्टेशन भ्रमण र कामाख्या मन्दिरको दर्शन गराउने भएको छ । यस्तै लुम्बिनी विकास कोषका पदाधिकारी, कर्मचारी र लुम्बिनी घुम्न आएका पर्यटकलाई केबलकारको टिकट दरमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ । छुट सुविधाका लागि पदाधिकारी र कर्मचारीले अद्यावधिक परिचयपत्र तथा पर्यटकले लुम्बिनी भ्रमणका लागि काटेको टिकट देखाउनुपर्ने छ । हाल केबलकारको टिकट दर रु ७५० प्रतिव्यक्ति रहेको छ ।

सो अवसरमा बोल्दै लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले लुम्बिनी केबलकारसंगको सम्झौताले दुबै ठाउंको पर्यटन प्रवद्र्धनमा सकारात्मक भूमिका खेल्ने बताए । उनले लुम्बिनी भ्रमणमा आउने स्वदेशी र विदेशी पर्यटकको बसाई लम्ब्याउन लुम्बिनी केबलकार हुंदै बसन्तपुर यात्रा गराउन आवश्यक रहेको बताए ।

बसन्तपुरको हावापानी तराई भन्दा १० डिग्री कम हुने भएकाले भारतीयसंगै बौद्धमार्गी तेस्रो मुलुकका पर्यटकलाई सजिलै आकर्षण गर्न सकिने बताए । शाक्यले श्रीलंका र म्यानमार लगायत बौद्धमार्गी वाहुल्य राष्ट्रका ट्राभल एजेन्सीसंग सहकार्य गरेमा केबलकारमा विदेशी पर्यटक भित्राउन सकिने सुझाव दिए ।

लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईले लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुर ध्यान केन्द्रका लागि पनि उपयुक्त रहेकाले बनाउन पहल गर्नुपर्ने सुझाव दिए ।

केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थले लुम्बिनी विकास कोषसंग सम्झौता हुनु गौरवको विषय भएको उल्लेख गर्दै यसले अत्याधुनिक प्रविधिको सुरक्षित केबलकार यात्रा र बसन्तपुर हिल स्टेशन भ्रमणमा पर्यटक आगमन बृद्धि गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

केबलकारले अन्य व्यवसायिक, शैक्षिक र अन्य संघसंस्थासंग पनि सम्झौता गरेर व्यवसाय प्रवद्र्धन गर्दै आएको बताए । विश्वमै सबैभन्दा अत्याधुनिक, लोकप्रिय र सुरक्षित प्रविधिको केबलकार भएको र टप स्टेशन समुद्री सतहबाट एक हजार मिटर उचाईको बसन्तपुरको स्वच्छ, शान्त र शितल वातावरणमा रहेकाले हरेक वर्ष पर्यटक आगमन बृद्धि भएको कायस्थले बताए ।
लुम्बिनी केबलकार अष्ट्रियाको डुपलमायर कम्पनीबाट निर्मित युरोपियन प्रविधिको हो । २५ वटा गोण्डुला रहेको लुम्बिनी केबलकारले एक दिनमा ६ हजार जनालाई आवतजावत गराउन सक्छ ।

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरे , लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाका प्रमुख स्वकीय सचिव श्याम रोका लगायतको पनि उपस्थिति थियो । सम्झौताले पर्यटन प्रवद्र्धन र आपसी सहकार्य निरन्तर मजबुद हुंदै जाने दुबै संस्थाले विश्वास व्यक्त गरेका छन् ।

केबलकारको टप स्टेशन पाल्पाको बसन्तपुर डांडामा छ । जुन ठाउं प्राकृतिक हिसाबले स्वच्छ, शान्त हरियालीयुक्त र मनोरम छ। गर्मीमा शीतल र जाडोमा घाम लाग्ने हुंदा जुनसुकै मौसममा घुमेर आनन्द लिन सकिने महोल बसन्तपुरमा छ । त्यहां प्रख्यात शक्तिपीठ कामाख्या मन्दिर, सय वर्ष पुरानो दुर्गा मन्दिर, स्तरीय रेष्टुरेन्ट, सेमिनार हल, जीपलाइन, स्काइ साइक्लिङ, पिङ, सेमिनार हल लगायत पर्यटकीय पुर्वाधार छन् ।

कम्पनीले छिटै बसन्तपुरमा पांच तारे होटेल बनाउने तयारी थालेको छ । उक्त होटेलमा एक हजार जना क्षमताको बैंक्वेट हल,स्वीमिङ पुल,क्यासिनो लगायत सेवा र सुविधा रहने म्यानेजर प्रज्ज्वल घिमिरेले जानकारी दिए । स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार आईएमई ग्रुप अन्तर्गतको भगिनी कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top