Flash Story

स्मार्ट लाइसेन्सको डेटा सुरक्षित : यातायात व्यवस्था विभाग

Spread the love

काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा मीन भवनस्थित यातायात व्यवस्था विभागमा आगजनी हुँदा पनि स्मार्ट लाइसेन्सको डेटा भने सुरक्षित रहेको कर्मचारीहरूले बताएका छन् ।

ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवा सुरु गर्न सकिने अवस्थामा रहेको कर्मचारीहरूको भनाइ छ ।

२३ र २४ भदौमा जेन जेड आन्दोलन चर्किँदा संसद् भवनभन्दा पूर्वतर्फ रहेको यातायात व्यवस्था विभागको कार्यालयमा पनि आगजनी भएको थियो ।

आगजनीबाट इम्बोस्ड नम्बरका सबै डेटा, स्मार्ट लाइसेन्स छाप्ने मेसिन र छापिसकिएको १२ लाख थान स्मार्ट लाइसेन्समध्ये करिब ६ लाख थान लाइसेन्स जलेर नष्ट भएको थियो ।

छापिसकेर वितरणका लागि ठिक्क पारिएका बाँकी ६ लाख थान स्मार्ट लाइसेन्स भने सुरक्षित रहेको पाइएको छ ।

शुक्रबार बिहान यातायात व्यवस्था विभाग परिसरको सरसफाइ कार्यक्रममा सहभागी हुन पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका कुलमान घिसिङलाई कार्यालयका कर्मचारीहरूले स्मार्ट लाइसेन्सका डेटा रिकभर गर्न मिल्ने अवस्थामा रहेको जानकारी दिएका हुन् ।

त्यसक्रममा मन्त्री घिसिङले अत्यावश्यक लाइसेन्स छाप्नका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top