Flash Story
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ

झापा इनर्जीको आईपीओ बाँडफाँड

Spread the love

काठमाडौँ। झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले भदौ २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणलाई शेयर बिक्रीका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त अवधिमा कम्पनीको आईपीओमा १८ लाख ६८ हजार १४१ आवेदकबाट २ करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।

जसमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन सदर भएको छ भने ३४ हजार ४०३ आवेदन बदर भएको छ । यसरी सदर आवेदनमार्फत १ करोड ९९ लाख ५४ हजार ८३० कित्ता शेयरका लागि माग परेको हो ।

बाँडफाँड अनुसार कुल ४७ हजार ३३९ जनालाई शेयर पर्न सफल भएका छन् । तीमध्ये ४७ हजार ३३३ जनालाई १० कित्ताका दरले गरी ४ लाख ७३ हजार ३३० कित्ता सेयर र बाँकी ६ जनालाई १र१ कित्ताका दरले थप ६ कित्ता शेयर बाँडफाँड गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top