Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

लोकतन्त्र रक्षाका लागि २१ फागुनमै चुनाव हुनुपर्छ : प्रचण्ड

Spread the love

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको रक्षाका लागि आगामी फागुनमा तोकिएको निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् ।

काठमाडौँको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले उक्त निर्वाचनलाई सफल बनाउन पार्टीले विशेष सक्रियता देखाउने बताएका हुन् । उनले भने, “लोकतन्त्रको रक्षाका लागि २१ फागुनको निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड दिनेछ ।”

गत २३ र २४ भदौमा भएको जेनजेडको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने सम्भावना नदेखिएको भन्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी २१ फागुनमा निर्वाचन हुने मिति तोकेका छन् । सो चुनाव सफलतापूर्वक सम्पन्न गराउन माओवादीले निर्णायक भूमिका खेल्ने प्रचण्डले स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top