काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन् । मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त भएका शर्माले आजै कार्यभार सम्हाल्नेछन् ।
राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइल खुल्छन् : गृहमन्त्री अर्याल
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुगमन गरेपछि मन्त्री अर्यालले सो कुरा बताएका हुन् । शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए । मन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे […]
८ हजारभन्दा बढी कैदी बन्दी कारागार फर्किए, अझै कति फरार ?
काठमाडौँ। देशका २८ वटा कारागार र नौ वटा सुधार गृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधार गृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले […]
नेपाल प्रहरीमा भर्ना खुल्यो
काठमाडौँ। नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति माग गरेको छ । प्रहरी प्रधान कार्यालयले आज गोरखापत्र दैनिकमा सूचना निकालेर एक हजार ५५३ जना प्रहरी जवान, ११ जना हजाम (कार्यालय सहयोगी), १५ कुचीकार र १५ खेलाडी गरी १५९४ जनाका लागि दरखास्त आह्वान गरेको हो। प्रहरी जवानका लागि न्यूनतम ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ। प्रहरी […]
बढ्यो सुनचाँदीको मूल्य, कारोबार रकम कति ?
काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, बिहिबार यसको मूल्य २ लाख २२ हजार ३ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यस […]
कुहिएका नेता फालेर युवा नेतृत्व चयन गरौँ : शिक्षामन्त्री पुन
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कुहिएका नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव नरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आगामी निर्वाचनबाट स्वच्छ युवा नेताहरुको अत्यधिक बहुमतको सरकार बनाउन आग्रह गरेका छन् । उनले भने– ‘कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाए सम्म ठुलो परिवर्तन सम्भव छैन । ‘ योग्य, नैतिकवान् र […]
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल स्वीकृति हुने
काठमाडौँ। अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले अर्थमन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्वरूपमा लागू गरेको जानकारी गराएका छन् । उनले डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै कागजी प्रक्रिया अन्त्य हुने बताए । अर्थमन्त्री […]
जेनजी आन्दोलन देशीविदेशी शक्तिले हाइज्याक गरे : कमल थापा
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेन-जी पुस्ताको आन्दोलनलाई देशी र विदेशी शक्तिहरूले हाइज्याक गरेको गम्भीर आरोप लगाएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले युवाहरूले संविधान र व्यवस्थाको रक्षाका लागि आन्दोलन नगरेको भए पनि देशी–विदेशी शक्तिले हस्तक्षेप गरी आन्दोलनलाई विषयान्तर गरेको आरोप लगाएका हुन्। थापाले युवाहरूले भ्रष्टाचार र कुशासनको अन्त्यका […]
कमला थापा ‘Mrs Nepal International World 2025’ को प्रतिस्पर्धामा
काठमाडौं। शस्त्र प्रहरीबाट अवकाश रहेकी कमला थापा ‘Mrs & Miss Nepal International World 2025’ क प्रतिस्पर्धामा उत्रेकी छन् । प्रतियोगितामा थापाले आफ्नो सहभागिता जनाउँदै सार्वजनिक मत (Public Choice Winner) को चरणमा प्रवेश गरेकी हुन्। प्रतियोगितामा भाग लिएकी थापा प्रतियोगी नम्बर ७ का रूपमा प्रस्तुत भएकी छिन्। नागरिक टाइम्ससँगको कुराकानीमा उनले आफूलाई मतदान गरिदिन सार्वजनिक आग्रह […]
कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने आयोगको निर्णय
काठमाडौँ। निर्वाचन आयोगले आगामी कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । ‘आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् । […]

