काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन् । सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग आज भवन निर्माणबारे छलफल गर्दै उहाँले पुसमै निर्माणसम्पन्न गर्नेगरी काम […]
संविधान दिवसले नेपालीको आकांक्षा पूरा गर्न एकजुट हुने प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । उनले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान […]
टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटोफिचर)
काठमाडौँ। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, लगायतका विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
धादिङमा बाैद्धिक अपाङ्गता भएकी किशोरीमाथि बलात्कार
धादिङ – धादिङको नीलकण्ठ नगरपालिका–१० मा बाैद्धिक अपाङ्गता भएकी २९ वर्षीया एक किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। भाद्र २५ गते बलात्कारमा परेकी किशोरीलाई उपचारका लागि जिल्ला अस्पताल धादिङमा ल्याईएकाे थियोे । उनलाई डाक्टरले रगतको कमी छ भर्ना गरि थप उपचार गराउनु पर्छ भन्दा उनकाे अभिभावकले घर लगेका थिए । उनलेे २६ गते प्रहरी कार्यालय धादिङमा […]
तीन मन्त्रीले गरे क्षतिग्रस्त सङ्घीय संसद् भवनको अनुगमन
काठमाडौँ। जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको मन्त्रीहरूले अनुगमन गरेका छन् । गत भदौ २३ र २४ गते काठमाडौँ लगायत देशभर जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको बुधबार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले नयाँ बानेश्वरस्थित संसद् भवनको अनुगमन गरेका हुन्। […]
लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच सम्झौता
काठमाडौँ। लुम्बिनी विकास कोष र लुम्बिनी केबलकार लि. बीच पर्यटन प्रवद्र्धनका लागि सम्झौता भएको छ ।सम्झौता पत्रमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजसर डिएन कायस्थले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी अति विशिष्ट पाहुना (भीभीआईपी) लाई लुम्बिनी केबलकार यात्रा मार्फत बसन्तपुर हिल स्टेशन […]
कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव
काठमाडौं – कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको बताए । शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन । योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ […]
निलकण्ठ–१२ मा बाढीले भत्काएको सडक स्थानीयले गरे आफैं मर्मत
धादिङ : निलकण्ठ नगरपालिका–१२ स्थित डुडे दोभान क्षेत्रमा आएको बाढीले क्षति पुर्याएको सडक लामो समयसम्म मर्मत नहुँदा स्थानीय बासिन्दाले आफैं रकम संकलन गरी मर्मत गरेका छन्। साउन ३२ गतेको बाढीले सडक भत्काएपछि १२ र १३ नम्बर वडाका बासिन्दाले बारम्बार नगरपालिका कार्यालयलाई ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ भएन। आवागमनमा कठिनाइ बढेपछि स्थानीयले आफ्नै पहलमा बाइकसम्म चल्न […]
मुलुकभरिबाट ३ हजार ७२३ कैदीबन्दी पक्राउ
काठमाडौँ। यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन […]
चितवन कारागारमा २३५ कैदीबन्दी फर्किए
काठमाडौँ। कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन्। गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन्। उनले भने, ‘बुधबार बिहान ७४० जना कैदी कारागरबाट फरार भएका थिए।’ कारागारमा […]

