Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

ट्रायल सेन्टर छनौट प्रक्रियमा भ्रष्टाचर भयो, टेण्डर रद्द गरिनुपर्छः संघ

Spread the love

काठमाडौं – मिलेमतोमा चलखेल गरी गरिएको ट्रायल सेन्टर छनौट सम्बन्धी आह्वानको टेण्डर रद्द गर्न ड्राइभिङ्ग स्कूल संघले माग गरेका छ । बहिबार राजधानीको संवाद डबलीमा संघले पत्रकार संमेलनको आयोजना गरी श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश अन्तरगत कभ्रेपलाञ्चोक यातायत व्यवस्था कार्यालयले नियम विपरित टेण्डर सूचन जारी गरेकोे आरोपसमेत लगाएको छ ।
ड्राइभिङ स्कूल संघ नेपालका निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र बुढाथोकीले नीति नियम र कनुन विपरित १५ दिने सूचना दिनु सरासर गलत भएको बताए । बुढाथोकीले विनाप्रतिस्पर्धा गुपचुप सेटिङ मार्फत एउटा ट्रायल सेन्टरलाई टेण्डर दिन लागेको आरोप लगाएका छन् ।

काठमाडौं ड्राइभिङ्ग स्कूल संघका अध्यक्ष रमेश खत्रीले ‘सुमन ग्रुप अफ ट्रायल सेन्टरलाई’ टेन्डर पार्ने गरि नियम विपरित सूचना निकालेको आरोप लगाए । सुमन ग्रुपले आफ्नै ट्रायल सेन्टरले टेन्डर पाउने निश्चित भएको हल्ला गरेको बताउँदै खत्रीले भने,“२०८१ मंसिर १९ गते पनि सुमन गु्रपलाई नै पार्ने गरी सेटिङ गरिएको देखिन्छ, अहिले ०८२ असोज १० गतेको सूचना पनि सोही अनुसार निकालीनु आर्थिक चलखेल प्रष्ट छ । यसरी कोही कसैले थाहै नपाउने गरी सार्वजनिक चासोको विषयमा गुपचुप गरी टेन्डर अगाडी बढाइएकाले त्यसलाई रद्द गर्न खत्रिको माग छ ।

खत्रीले एकातिर देशै भरी सवारीचालक अनुमति पत्रलगायतका यातायतसम्बन्धी सरकारी सेवा बन्द भइरहँदा काभ्रे यातायात व्यवस्था कार्यालयले सूचना निकाल्नु बदनियतपूर्ण भएको बताएका छन् ।
ड्राइभिङ्ग स्कूल संघले गरेको सो पत्रकार सम्मेलनमा जेन्जी प्रतिनिधी कृष्णमोहन सहनीले संघले यातायता व्यवस्था कार्यालयमाथि प्रश्न उठइसकेपछि टेण्डर प्रक्रिया रद्द गरी तत्काल छानविन गरिनु पर्ने धारणा राखे । सहनीले जेन्जीको मुल माग नै भ्रष्टाचार मुक्त गर्ने अभियान रहेको हुँदा आफूहरुको पनि सो विषयमा ध्यानाकर्षण भएको बताउँदै भने,“यसको छानविन गरी दोषिलाई कानुन बमोजिम कारबाही हुनुपर्छ ।

ड्राइभिङ्ग संघ काठमाडौं जिल्ला सचिव सरोज बोहोराले पनि अपारदर्शी ढंगबाठ बढाईको टेण्डर प्रक्रिया रद्द गर्न माग गरे । बोहोराले अघिल्लो वर्ष खोलिएको टेण्डर सुमन गु्रपले नपाएपछि यस वर्ष पनि उसैलाई दिन आन्तरिकरुपमा मिलेमतो भएको आशंका गर्दै भने,“दसैं, तिहारको मौका पारेर १५ दिने सूचना, त्यो पनि कहिँकतै सार्वजनिक नगर्नु, अघिल्लो वर्ष र यस वर्षका टेण्डर आह्वानका सर्तहरु फेरबदल गरिनुलगायतका विषयले प्रष्ट देखिन्छ कि मिलेमतोमा चलखेल गरी भ्रष्टाचर भएको छ ।”

पत्रकार सम्मेलनमा ड्राइभिङ्ग संघ भक्तपुरका अध्यक्ष राम भाई बानिया र ड्राइभिङ्ग संघ काभ्रेपलाञ्चोक जिल्लाका उपाध्यक्ष रुपेश काफ्लेले सो टेण्डर तत्काल रद्द नगरिए कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top