Flash Story
७ लाखको राहतदेखि सरसफाइ र खोजीमा राष्ट्रिय युवा संघ धादिङ
बाढीपीडितको उद्धारमा खटिएका स्काउट स्वयंसेवकलाई लायन्सको सहयोग
नुवाकोटमा समाजसेवी दयाराम कार्कीको राहत तथा उद्धार अभियान सातौँ दिनमा
बाढीको कहर र राहतमा लायन्स
सुमित्रा के.सी.को नेतृत्व यात्रा निरन्तर, रिजन चेयरपर्सनको जिम्मेवारीमा
पाँचौँ दिन पनि बाढीपीडितकै बीचमा दयाराम कार्की, राहत र उद्धारमा निरन्तर सक्रिय
थाक्रे गाउँपालिकाले बाढीपहिरो पीडितलाई ५० हजार राहतदेखि राहत कोषमा १० लाखसम्म सहयोग गर्ने
लायन्स क्लबद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन

दमन होइन संवाद चाहियो: जेन जी नेपाल

Spread the love

काठमाडौं — जेन-जी नेपालले शुक्रबार काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा हालैको आन्दोलन, सरकारले लिएका कदम, प्रहरीद्वारा गरिएको गिरफ्तारी, र विभिन्न मुद्दामा जेन-जीको धारणा सार्वजनिक गरिएको छ।

कार्यक्रममा वक्ताहरूले सरकारले जेन-जी आन्दोलनलाई दमन गरेर युवाहरूको आवाज दबाउने प्रयास गरेको आरोप लगाएका थिए। उनीहरूले आन्दोलनका मागहरू जायज र जनजीवनसँग प्रत्यक्ष जोडिएका भएको बताउँदै, सरकारसँग संवाद र समाधानका लागि तत्पर रहेको स्पष्ट पारे।

त्यसैगरी, सम्मेलनमा सहकारी तथा लघुवित्त पीडित, भूमि र सुकुम्बासी समुदाय, भूपू सुरक्षाकर्मी लगायतका समूहहरूसँगको सहकार्य र साझा संघर्षका पहलहरूबारे जानकारी दिइयो।

कार्यक्रमको अन्त्यमा जेन-जी नेपालले सबै समूहबीच एकता, सहकार्य र साझा उद्देश्यका लागि साथ दिन अपिल गरेको छ।

रिपोर्टर्स क्लबमा भएको उक्त कार्यक्रममा विभिन्न सञ्चार माध्यमका पत्रकार, सरोकारवाला र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top