Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

गोदावरी वडा कार्यालयको आयोजनामा पर्यटन प्रवर्द्धनका लागि पदयात्रा सम्पन्न

Spread the love

ललितपुर । गोदावरी नगरपालिका वडा न ३ को आयोजनामा शनिबार बृहत गोदावरी पदयात्रा कार्यक्रम सम्पन्न भएको छ ।

गोदावरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने अभिप्रायले वडा नं. ३ को आयोजनामा “घुमौं गोदावरी, रमाओैं दिनभरि” भन्ने नाराका साथ गोदावरी पदयात्रा आयोजना गरिएको वडा अध्यक्ष सानुराज (राज) घिमिरेले जानकारी गराउनुभयो।
“गोदावरी पदयात्रामा उपत्यका भित्रका विभिन्न पालिकाहरुका संघ संस्था, वडा तथा जनप्रतिनिधिहरुसंग समन्वयमा पदयात्रा सम्पन्न भएको हो, गोदावरी क्षेत्रको पर्यटन प्रबर्द्धन सहित देश बिदेशमा गोदावरी वडा न.३ का विविध क्षेत्रको बरेमा ब्यापक प्रचार गर्नु हो।” उहाँले भन्नुभयो।


आफू वडा अध्यक्ष हुँदा हरेक शनिबार दुई हजार नौ सय पर्यटक आउने गरेकोमा अहिले ११ हजार पर्यटक आउने गरेको अध्यक्ष घिमिरेले जानकारी गराउनुभयो। हरेक शनिबार गोदावरी क्षेत्रमा २१ हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको पनि उहाँले जानकारी गराउनुभयो।

पदयात्रामा तारकेश्वर नगरपालिका रहेको तारकेश्वर योग साधना केन्द्र, तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु, ललितपुर महानगरपालिकाका, किर्तिपुर नगरपालिकाका विभिन्न वडाका व्यक्तित्वहरु लगायत गोदावरी नगरपालिकाका कार्यपालिका सदस्य तथा जनप्रतिनिधि सहित करिब दुई सय जनाको उपस्थित रहेको थियो ।

गोदावरी बसपार्कबाट सुरु भएको पदयात्रा नौधारा, भाइरल रोड, मार्वल डाँडा, वोटानिकल गार्डेन हुँदै शान्तिवन क्षेत्रमा गएर समापन भएको थियोे।


पर्यटन प्रवर्द्धनका लागि वडा कार्यालयले पदयात्रा लगायत स्थानीय ३५ जना युवाहरुलाई ४ दिने पर्यटन प्रबर्द्धन साथी शिक्षा कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ। पर्यटन बिकासको क्षेत्रमा निरन्तर अगाडि बढाउने योजना सहित प्रशिक्षण दिदै सहितका कार्यक्रमहरु तय गरेको छ। गोदावरी पर्यटन प्रबर्द्धनकै लागि उपत्यकाब्यापी गोदावरी पर्यटन प्रबर्द्धन अनलाइन भिडियो प्रतियोगिता समेत सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top