Flash Story
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

विश्व स्वतन्त्रता दिवसमा स्वतन्त्र नागरिकहरुको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

Spread the love

विश्व स्वतन्त्रता दिवसको अवसरमा आयोजित स्वतन्त्र नागरिकहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा GenZ 2.0 का प्रवक्ता अबिन लिम्बूले भदौ २३ गतेका हत्याराहरुलाई पक्राउ गर्न आवश्यक परे संगठन सहयोग गर्न तयार रहेको बताएका छन्। उनले भने, “२३ गते नआइकन २४ गते आउँदैन। GenZ हरुबीच एकता गर्नुपर्छ, किनभने एकता नै विकल्प हो।”

उनले थपे, “यो देशलाई निकास दिने सबै विकल्प हाम्रो पुस्तासँग छन्। हामी समाधान खोज्ने पुस्ता हौं, समस्याबाट भाग्ने होइन।”

कार्यक्रममा GenZ युनाइटेड परिवर्तनकी ज्योती फुर्केलीले देशलाई निकास दिन अब चुनावमा जानुको विकल्प नरहेको बताइन्। उनले भनिन्, “निर्वाचनले मात्र देशलाई स्थिरता र समाधान दिन सक्छ। जनताको जनादेश नै अन्तिम बाटो हो।”

त्यसैगरी, GenZ 2.0 का सदस्य सचिव कुन्दन कुसवाहाले GenZ आन्दोलनको मर्म र भावना विपरीत चुनाव गर्न नहुने चेतावनी दिए। उनका अनुसार, “GenZ आन्दोलन निर्वाचनको लागि थिएन होइन, प्रणाली र सोच परिवर्तनको आन्दोलन हो।”

एनटेक GenZ का सुनिल सिंहले भने, “कर्णाली र सुदूरपश्चिममा कसरी चुनाव गराउँछन्, हामी हेर्छौं। युवाले अब देश बेच्ने राजनीति सहने छैन।”

कार्यक्रममा सहभागी वक्ताहरूले नयाँ पुस्ताबीचको एकता र साझा दृष्टिकोणबाट मात्रै देशले निकास पाउने निष्कर्ष निकाले। सम्मेलनमा युवाहरूले ‘एकता, जिम्मेवारी र परिवर्तन’ लाई अभियानको मुख्य दिशा बनाउने प्रतिबद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top