Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

Gen Z 2.0 को पहल: स्वदेशमै रोजगारी सिर्जनामा युवा जागरण

Spread the love


काठमाडौँ । Gen Z 2.0 को आयोजनामा पौष ५ गते उद्योग, वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित सचेत कर्तव्यबोध र जिम्मेवार पहल विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको मूल सन्देश “हामी हाम्रो देश आफैँ बनाउँछौं, हामी आफ्नै क्षमतामा रोजगारी सिर्जना गर्छौं” रहेको थियो।

कार्यक्रममा बोल्दै Gen Z 2.0 का प्रवक्ता अबिन लिम्बूले युवाहरू निराशामा होइन, उत्पादन र समाधान बोकेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले देशभित्रै सम्भावना खोजी उद्यम, उत्पादन र नवप्रवर्तनमार्फत रोजगारी सिर्जना गर्न सकिने बताए। “माग होइन, समाधान लिएर अघि बढ्ने सोच आजको आवश्यकता हो,” उनले भने।


कार्यक्रममा वित्तीय समस्या तथा समाधान विभाग प्रमुख हरिकिशोर महतोले उद्योग र निजी क्षेत्रलाई युवामैत्री बनाउन राज्य र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए। साना तथा मझौला उद्योग प्रवर्द्धन बिना रोजगारी समस्या समाधान हुन नसक्ने उनको भनाइ थियो।
नेपाल प्याबसनका पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले शिक्षा प्रणालीलाई उत्पादन, सीप र उद्यमसँग जोड्न नसक्दा युवाहरू विदेशिन बाध्य भएको बताइन्। उनले व्यवहारिक शिक्षा र उद्यमशीलतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।
त्यसैगरी किर्तिपुर उद्योग वाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्यले राज्यको नीतिगत स्पष्टता, इमानदार कार्यान्वयन र युवाको सक्रिय सहभागिता बिना आर्थिक आत्मनिर्भरता सम्भव नहुने बताइन्। उनले युवाहरूले अवसर कुर्नु भन्दा अवसर सिर्जना गर्ने सोच विकास गर्नुपर्ने उल्लेख गरिन्।
कार्यक्रममा Gen Z 2.0 का केन्द्रीय सचिव कुन्दन कुसुवाहाले संगठनको उद्देश्य र आगामी कार्यदिशाबारे जानकारी गराउँदै युवालाई उद्योग, उत्पादन र स्वदेशमै रोजगारी सिर्जनामा जोड्ने अभियानलाई अझ व्यापक बनाइने बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले Gen Z 2.0 को अभियानले निराश युवा पुस्तालाई उत्पादनमुखी सोचतर्फ उन्मुख गराउँदै देशभित्रै सम्भावना खोज्न प्रेरित गरिरहेको भन्दै प्रशंसा गरे। आयोजकका अनुसार आगामी दिनमा पनि उद्योग, वाणिज्य र रोजगारीसँग सम्बन्धित यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top