Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

भ्रष्टाचारविरुद्ध आम जनता पार्टी, जनादेश पार्टी र लघुवित्त संघर्ष समितिबीच चुनावी सहकार्य

Spread the love

काठमाडौं । देशमा मौलाउँदै गएको भ्रष्टाचार, कुशासन तथा लघुवित्तमार्फत भइरहेको वित्तीय शोषणविरुद्ध संयुक्त रूपमा अघि बढ्ने उद्देश्यसहित आम जनता पार्टी, जनादेश पार्टी नेपाल र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच आगामी निर्वाचनमा चुनावी सहकार्य गर्ने सहमति भएको छ।
तीन पक्षबीच भएको सहमति अनुसार प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवार छनोट आपसी समझदारीका आधारमा गरिनेछ। भ्रष्टाचार, ठगी र वित्तीय शोषणका कारण पीडित बनेका नागरिकलाई न्याय दिलाउन कानुनी, राजनीतिक तथा जनआन्दोलनका माध्यमबाट निर्णायक संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सहमति–पत्रमा लघुवित्त तथा वित्तीय संस्थाबाट भएका अन्यायपूर्ण र अमानवीय व्यवहारका कारण हजारौँ नागरिक आर्थिक, मानसिक र सामाजिक शोषणमा परेको उल्लेख गर्दै राज्य संयन्त्रलाई जनउत्तरदायी बनाउन दबाब सिर्जना गर्ने सहमति गरिएको छ।
उक्त सहमति २०८२ पौष १२ गते सम्पन्न भएको हो। सहमति–पत्रमा आम जनता पार्टी, जनादेश पार्टी नेपाल र लघुवित्त संघर्ष समितिका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top