Flash Story
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
यूएईको अबुधाबीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पशुपतिमा अन्तिम संस्कार
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा

मैथिली ‘अर्चनाकृत रामायण’ की लेखिका अर्चना झा ‘राष्ट्रिय धरोहर नारीरत्न’ सम्मानबाट विभूषित

Spread the love

काठमाडौँ – मैथिली “अर्चनाकृत रामायण” की लेखिका, साहित्यकार तथा पत्रकार अर्चना झा २०८२ सालको प्रतिष्ठित “राष्ट्रिय धरोहर नारीरत्न” सम्मान बाट सम्मानित हुनुभएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित विशेष कार्यक्रममा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।

१३औँ राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा पर्यटन बोर्डको सभाहल, काठमाडौँमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माननीय जगदीश खरेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। मन्त्री खरेलले सम्मानपत्र, दोसल्ला तथा सम्मानचिन्ह प्रदान गर्दै अर्चना झालाई सम्मानित गर्नुभएको हो।

सम्मान प्रदान गर्दै मन्त्री खरेलले राष्ट्रिय पहिचान संरक्षण सबै नेपालीको साझा दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “राष्ट्रिय पोशाक र टोपी नेपाली पहिचानका प्रतीक हुन्। जहाँ नेपाली छन्, त्यहाँ नेपाली पहिचान जोगिनुपर्छ। यसको संरक्षण र प्रवर्द्धनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।” उहाँका अनुसार संस्कृति र धरोहरको संरक्षण बिना राष्ट्रको मौलिक अस्तित्व सुरक्षित रहन सक्दैन। कार्यक्रमका सभाध्यक्ष तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष राजनन्द माण्डव्यले राष्ट्रिय संस्कृति र धरोहर संरक्षण राष्ट्र निर्माणको बलियो आधार भएको धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “राष्ट्रिय पोशाक दिवस र अन्तर्राष्ट्रिय टोपी दिवसले हाम्रो मौलिक पहिचानलाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। यस्ता दिवसहरूले नेपाली संस्कृतिप्रति गर्व गर्ने भावना विकास गर्छन्।” यसअघि पनि अर्चना झा साहित्य तथा संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप संस्कृति तथा नागरिक उड्डयनमन्त्री माननीय बद्रीप्रसाद पाण्डेको हातबाट ‘सीताको उपाधि’ सम्मान बाट सम्मानित भइसकेकी हुनुहुन्छ।

मैथिली साहित्यमा धार्मिक, सांस्कृतिक तथा सामाजिक चेतनालाई उजागर गर्ने उहाँको कृति ‘अर्चनाकृत रामायण’ ले पाठक र साहित्यिक वृत्तमा विशेष स्थान बनाएको छ। सम्मान ग्रहणपछि मन्तव्य राख्दै अर्चना झाले आफूलाई यस सम्मानका लागि योग्य ठानी विश्वास व्यक्त गर्ने आयोजक संस्था, सभाध्यक्ष तथा सम्पूर्ण पदाधिकारीहरूप्रति हृदयदेखि आभार व्यक्त गर्नुभयो। साथै, सो अवसरमा सँगै सम्मानित भएका सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूलाई हार्दिक बधाई तथा सम्मान व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नेपालको मौलिक पहिचान झल्काउने राष्ट्रिय पोशाक हाम्रो गौरव हो। अन्तर्राष्ट्रिय टोपी दिवसले नेपाली टोपीमार्फत विश्वभर नेपालीपन चिनाउने अवसर दिएको छ। यस्ता दिवसहरूले हाम्रो संस्कृति, परम्परा र पहिचान जोगाइराख्न सबैलाई प्रेरणा दिन्छन्।”

अर्चना झाले प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि आफूमा विश्वास गर्ने शुभेच्छुक, परिवारजन, नारी, सहकर्मी तथा समाजको साझा सम्मानका रूपमा लिएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा राष्ट्रिय धरोहर संरक्षण, संस्कृति प्रवर्द्धन तथा नारी सशक्तीकरणका पक्षमा अझ जिम्मेवार र सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा साहित्य, कला, पत्रकारिता, संस्कृति तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले नेपाली मौलिक पहिचान, संस्कृति र धरोहर संरक्षणप्रति नयाँ ऊर्जा र प्रतिबद्धता थपेको सहभागीहरूको धारणा रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top