Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

“लौरो बेपत्ता !” — जिम्मेवार को ? : डा. हरि कार्की

Spread the love

२०७९ को स्थानीय तह निर्वाचनसँगै कहिले अटेरी अभियान, कहिले लौरो अभियान, कहिले नागरिक विद्रोह त कहिले GenZ 2.0 को नाममा सक्रिय रहँदै आएको स्वतन्त्र राजनीतिक धार अहिले गम्भीर प्रश्नको सामना गरिरहेको छ — “लौरो कता हरायो?”
यही प्रश्नको उत्तर खोज्दै देशभरका लौरो उम्मेदवार तथा स्वतन्त्र अभियन्ताहरूको व्यापक भेला भोलि बुढानगरमा आयोजना हुँदैछ। भेलालाई स्वतन्त्र राजनीति र लौरो अभियानको भविष्य तय गर्ने निर्णायक मोडका रूपमा हेरिएको छ।
लौरो अभियानका केन्द्रीय प्रवक्ता डा. हरि कार्कीका अनुसार यो भेला कुनै नयाँ राजनीतिक प्रयोग नभई वास्तविक स्वतन्त्रहरूको स्वाभाविक उत्तराधिकार सुनिश्चित गर्ने प्रयास हो। “२०७९ पछि एउटै संगठनले विभिन्न नाम र स्वरूपमा निरन्तर संघर्ष गर्‍यो। आज लौरो कहाँ हरायो भन्ने प्रश्न स्वाभाविक छ, र यसको उत्तर अब सार्वजनिक रूपमा खोजिनुपर्छ,” उहाँले बताउनुभयो।
डा. कार्कीका अनुसार स्वतन्त्र उम्मेदवारहरूको निरन्तर मेहनतले आज विभिन्न तहमा समन्वय, तालमेल र वैचारिक स्पष्टता बढेको छ। “लौरो अभियानको देशव्यापी संगठन विस्तार र संवादको जिम्मेवारी केन्द्रीय अध्यक्षद्वारा लिखित रूपमा तोकिएको छ। त्यसैले लौरोको वास्तविक उत्तराधिकारी को भन्ने विषयमा अब अन्योल रहनु पर्दैन,” उहाँले स्पष्ट पार्नुभयो।
राजनीतिक विश्लेषकहरूका अनुसार यस भेलाले काठमाडौं महानगर प्रमुख बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको टिमसहित समग्र नयाँ राजनीतिक धारमा दबाब र तरंग सिर्जना गर्ने सम्भावना छ। भेलाबाट स्वतन्त्र राजनीति, लौरो अभियानको दिशा र भावी रणनीतिबारे गम्भीर निर्णयहरू आउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top